वीरगंज । पर्साको स्थानीय तहहरुमा झोले संस्थाका एक जना संचालकले लुट मचाएका छन् । पर्साको बिन्दबासिनी गाउँपालिका - ४ झौवा निवासी ओम प्रकाश गुप्ताले दर्जनौ झोले गैर सरकारी संस्थाहरु दर्ता गरि अनियमितता गरिरहेको समाचार प्राप्त भएको छ ।
उनले विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु कमिसनको प्रभावमा पारि लक्षित बर्ग कार्यक्रमहरु संचालनमा अनियमिता गरिरहेका हुन् । समाचार स्रोतका अनुसार गुप्ताले आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा र नक्कली कागजपत्रको अधारमा दर्जनौँ सामाजिक संघ संस्था दर्ता गराएका छन् ।
सोही संस्थाहरुबाट उनले सेटिङमा डल कुशन तालिम, मेहदी बनाउने सम्बन्धि तालिम, अगरबति, ममबति बनाउने तालिम लगायतका समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएका छन् । यसका साथै उनले केही सप्लायर्सहरु पनि दर्ता गराई सामाजिक विकासका कार्यक्रमहरू र जिन्सीका समान खरिद गर्न कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट हात पार्ने गरेका छन् ।
हालै उनले पर्साको पोखरिया नगरपालिक नं.०१ मा ५ लाखको लागतमा केबल १५ दिनका लागि मात्र ब्युटीसियन तालिम संचालन गरि अनियमितता गरिरहेका छन । पर्साका झोले एनजियोको माफियाको रुपमा परिचय बनाएका गुप्ताले पालिका तथा वडाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखापाल प्रमुखका कर्मचारीहरूलाई बजेटको ४० पर्सेन्टदेखि ५० पर्सेन्ट सम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेका छन ।
बजेटको २० प्रतिशत पनि खर्च नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो । कतिपय समाजिका विकासको कार्यक्रम संचालन विना नै कागज मिलाई निकासा गराउने गरेका छन् । समाचार स्रोतका अनुसार गुप्ताले संचालन गर्ने सबै कार्यक्रमहरु मापदण्ड विपरित संचालन हुने गरेको छ ।
उनले कार्यक्रम संचालन गर्दा मात्र नास्ता खुवाएर फोटो खिच्ने गरेको र जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।
समाजिक विकासको उद्देश्य दर्ता भएको संस्थाहरुले उनले निजि आर्थिक लाभको रुपमा परिणत गरेका छन् । गुप्ताले बढी कमाइ हुने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई आर्थिक हिसाबले लोभ्याएर हाल्न लगाइ सेटिङमा मोटो कमिसन बुझाएर काम गरिरहेको वताइन्छ । पालिकाका सरकारी कर्मचारीहरू नै गैरसरकारी संघ संस्थावालाहरुसंग मोटो कमिसन बुझेकै कारण सामाजिक विकास कार्यक्रमहरुमा भ्रष्टाचारको सीमा नाघेको छ ।
अषाढे बजेट सिध्याउन पालिकाहरुमा बिभिन्न सिप मुलक तालिमहरु संचालनमा रहेका छन । त्यस मध्ये पर्साको पोखरीयामा ५ लाखको लागतमा केबल १५ दिनका लागि मात्र ब्युटीसियन तालिम संचालन भईरहेको छ । तालिमामा ८० जनाको सहभागीता रहेको छ । दिनमा करिब ४ घण्टा सम्म मात्र यो तालिम संचालन हुने गरेको छ ।
बरिष्ठ ब्युटीसियन तथा प्रशिक्षक गुडि जोशीका अनुसार कम्तीमा पनि ६ महिला वा एक वर्ष सम्म निगरानीका काम गरेको या सिकाई सिकेको भए मात्र राम्रो ब्युटिसियन बन्न सकिन्छ । १५ दिनमा केबल सेल्फ अर्थात आफनो बारेमा मात्र सिक्न सकिन्छ । ब्युटीसियन तालिमका लागि अनुभवि प्रशिक्षक हुनै पर्दछ । जुन देखिएको छैन । सो तालिमबाट बिध्यार्थी उर्ध ज्ञानका साथ १५ दिनमा केबल व्यक्तिगत श्रृगारको बारेमा मात्र सिक्न सक्छन । थौरै दिनको तालिम हासिल गरेर बजारमा जादा दुर्घटना हुने सम्भावना पनि हुन्छ सक्दछ ।
पोखरीया नगरपालिको आर्थिक सहयोगमा जारी उक्त तालिमलाई असारे बजेट कुम्ल्याउनका लागि मात्र भएको सो तालिममा निकै कमिसनको खेल भएको पाईन्छ । तालिममा भगवान भरोसे संचालन भएको देखिन्छ । समाचार संकलनका लागि ज्योति मिडिया पोखरीया बिध्यालयमा पुग्दा आयोजक केहि पनि भेटेनन । भेटिए केबल २ जना प्रशिक्षक र ८० जना भनिएका सहभागी मध्य केहि सहभागी ।
पोखरीया नगरपालिकाका निमित्त प्रमुख प्रशासिक अधिकृत अजय कुमार श्रीवास्तवले तालिमा ८० जना सहभागी धैरै भएको स्वीकार गरेका छन । बुधबार ३ बजे आफै तालिम स्थलमा जाने र जानकारी लिने ज्योति मिडिया संग बताएका छन । १५ दिन समय अवधी पनि निकै कम भएकोले आयोजकसंग कुरा गर्ने नभए पछि भुक्तानी समयस्या हुने बताएका छन ।
कमसल सामागृको प्रयोग, सहभागीको अनुपातमा दक्ष प्रशिक्षकको कमी र आयोजक आफै तालिम स्थलबाट गायब रहनु राम्रो संकेत हैन ।
पोखरीया नगरपालिकाको आर्थिक सहयोगबाट संचालनमा रहेको सो तालिमको अनुगम पनि नभएको देखिएको छ । पालिकाको एकसय मिटर दुरीमा रहेको बिध्यालयमा समेत नगर प्रमुख र उपप्रमुख, तथा समामाजिक शाखा प्रमुख नपुग्नु र चुप तथा निकृय रहनुले तालिम केबल नामका लागि संचालनमा रहेको देखिन्छ । यस प्रकारको तालिमले कस्तो जनशसक्ति तयार हुने ? अब आफै मुल्याकन गरौं ।
यस्ता झोले संस्थाका कारण अनुभवि र योग्य गैर सरकारी संस्थाहरु ओलझेलमा परेका छन् । गुप्ता कै कारण सामाजिक विकासको लागि संचालन हुने कार्यक्रम बदनाम समेत हुने गरेको छ । सङ्घसंस्था माफिया गुप्ताले नाङ्गो भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था माफिया गुप्ताले संचालन गर्ने काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी यस्ता भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।