वीरगंज । पर्साको स्थानीय तहहरुमा आफ्नो आसेपासे , नातेदार र घरपरिवारको नाम दर्जनौं भन्दा बढी सहकारी संस्थाका दर्ता गराई एक जना सहकारी संस्था कै संचालकले भ्रष्टचारको साम्राज्य नै खडा गरेका छन् ।
पर्साको बिन्दबासिनी गाउँपालिका – ४ झौवा निवासी ओम प्रकाश गुप्ताले दर्जनाै गैर सरकारी संस्थाहरु दर्ता गरि अनियमितता गरिरहेकाे समाचार प्राप्त भएकाे छ । उनले विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु कमिसनको प्रभावमा पारि लक्षित बर्ग कार्यक्रमहरु संचालनमा अनियमिता गरिरहेका हुन् ।
दर्जनौं संस्था दर्ता गराएका गुप्ताले साेही संस्थाहरुबाट सेटिङमा व्युटिसियन तालिम , डल कुशन तालिम, मेहदी बनाउने सम्बन्धि तालिम, अगरबति, ममबति बनाउने तालिम लगायतका समाजिक विकासका कार्यक्रमहरु संचालन गरी लाखौं लाखको अनियमितता गरिरहेका छन् ।
यसका साथै उनले केही सप्लायर्सहरु पनि दर्ता गराई सामाजिक विकासका कार्यक्रमहरू र जिन्सीका समान खरिद गर्न कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट हात पार्ने गरेका छन् ।
उनले पर्साका अधिकान्स स्थानीय तहमा अधिकांश समाजिक विकासका कार्यक्रम हात पारेका छन् । पर्साका एनजियाेकाे माफियाकाे रुपमा परिचय बनाएका गुप्ताले पालिका तथा वडाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखापाल प्रमुखका कर्मचारीहरूलाई बजेटको ४० पर्सेन्टदेखि ५० पर्सेन्ट सम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेका छन । कतिपय समाजिका विकासकाे कार्यक्रम संचालन विना नै कागज मिलाई निकासा गराउने गरेका छन् ।
समाचार स्राेतका अनुसार गुप्ताले संचालन गर्ने सबै कार्यक्रमहरु मापदण्ड विपरित संचालन हुने गरेकाे छ । उनले कार्यक्रम संचालन गर्दा मात्र नास्ता खुवाएर फाेटाे खिच्ने गरेकाे वताइन्छ । यसको प्रत्यक्ष उदाहरणको रूपमा हाल पर्साको पोखरीयामा संचालित रहेको व्युटिसियन तालिमलाई लिन सकिन्छ ।
गुप्ताले सातो माई स्किल एंड सीप विकास केन्द्र प्रालिको नाम ५ लाखको लागतमा पर्साको पोखरीया नगरपालिकासंग व्युटिसियन तालिम सम्झौता गरी तालिमको नाममा भ्रष्टचारको साम्राज्य खडा गरेको सजिलै देख्न पाइन्छ ।
नियुन्तम व्युटिसियन तालिम ९० दिनको भएपनि गुप्ताले मात्र १५ दिन तालिम गराई आसेरे बजेट सिध्याउने काम गरेका छन् । ५ लाखको लागतमा ८० जना सहभागी गराई तालिमको नाममा नौटंकी नै खडा गरेका छन् । ९० दिनमा सिक्ने सीपलाई १५ दिनमा उनले कसरी सिकाउने विषय चर्चाको विषय बनेको पाइएको छ ।
यस्तै उनले जिल्लाका अधिकांश पालिकाहरूमा गुप्ताले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।
झोलामा संस्थाको कागज पत्र बोकि गुप्ताले स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु सङ्गको कमिसनको खेलमा विभिन्न किसिमको कार्यक्रमहरु गरिरहेका छन । समाजिक विकासकाे उद्देश्य दर्ता भएकाे संस्थाहरुले उनले निजि आर्थिक लाभकाे रुपमा परिणत गरेका छन् ।
गुप्ताले बढी कमाइ हुने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई आर्थिक हिसाबले लोभ्याएर हाल्न लगाइ सेटिङमा मोटो कमिसन बुझाएर काम गरिरहेको वताइन्छ । पालिकाका सरकारी कर्मचारीहरू नै गैरसरकारी संघ संस्थावालाहरुसंग मोटो कमिसन बुझेकै कारण सामाजिक विकास कार्यक्रमहरुमा भ्रष्टाचारको सीमा नाघेको छ ।
यस्ता झोले संस्थाका कारण अनुभवि र याेग्य गैर सरकारी संस्थाहरु ओलझेलमा परेका छन् । गुप्ता कै कारण सामाजिक विकासकाे लागि संचालन हुने कार्यक्रम बदनाम समेत हुने गरेकाे छ । सङ्घसंस्था माफिया गुप्ताले नाङ्गो भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था माफिया गुप्ताले संचालन गर्ने काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी यस्ता भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।
पोखरीया नगरपालिकाको आर्थिक सहयोगबाट संचालनमा रहेको सो तालिमको अनुगमन पनि नभएको देखिएको छ । पालिकाको एकसय मिटर दुरीमा रहेको बिध्यालयमा समेत नगर प्रमुख र उपप्रमुख, तथा समाजिक शाखा प्रमुख नपुग्नु र चुप तथा निष्क्रिय रहनुले तालिम केबल नामका लागि संचालनमा रहेको देखिन्छ । यस प्रकारको तालिमले कस्तो जनशक्ति तयार हुने ? अब आफै मूल्यांकन गरौं ।