पर्सा । पर्साको छिपहरमाई गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी कार्यभार सम्हाल्नु भएका स्वास्थ्य शाखा प्रमुख शनि कुमार साह आज देखि कार्यभार सम्हालनु भएको छ। प्रमुख प्रसासकिय अधिकृत साह लाई एक कार्यक्रमका बिच जनप्रतिनिधि र कर्मचारीहरुबीच परिचयात्मक तथा तथा स्वागत कार्यक्रम गरिएको हो ।
गाउँपालिकाको सभा हलमा भएको परिचयात्मक तथा स्वागत कार्यालयमा अध्यक्ष मनोज कुमार गुप्ता , उपाध्यक्ष लिलावती देवी कानु लगायत जनप्रतिनिधि र कर्मचारीहरुले फूूलमाला र अबिरले स्वागत गरेका थिए । परिचयात्मक तथा स्वागत कार्यक्रममा वडाअध्यक्ष कामेश्वर यादव,महेन्द्र साह, दिपेन्द्र सिंह,मौजिलालल साह, रामेश्वर महतो लगायत ले स्वागत गर्नु भएको थियो।
प्रमुख प्रशासकीय अधिकृत साह बिगत ६ वर्षदेखि गाउँपालिकामा स्वास्थ्य शाखामा कार्यरत थिए । हाल आजबाट प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरि आज देखि गाउँपालिकाको कार्यभार समाहल्दै गाउँपालिकाको काम कारवाही नियमगत अगाडि बढ्ने तथा विकासले गति पाउँनेमा आफू विश्वस्त रहेको बताए ।
यस गाउँपालिकाको अवस्था आफूले राम्रोसँग अँगालेको र यसमा धेरै नै समस्या देखेको भन्दै उनले अब पहिलाको जस्तो नहुने बताए । जनप्रतिनिधिहरु र कर्मचारीहरुको साथ र सहयोग पाएपछि गाउँपालिकाको विकास र जनताहरुको कामकाज सहज र छिटोछरितो हुने उनले बताए ।
स्वागत कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाको विकासका लागि आफू जनप्रतिनिधि र कर्मचारीहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उनले नयाँ प्रमुख प्रसाशकिय अधिकृत साहलाई गाउँपालिकामा राम्रो काम गर्न सुझावसहित बधाई दिए । कार्यपालिका सदस्य लगायत महिला सदस्य, गाउँपालिका सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो ।