वीरगन्ज । भारतमा पढ्न जाने बिद्यार्थीहरुका लागि वीरगन्जमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्जको होटल पुजनमा गरिएको अभिमुखिकरण कार्यक्रममा नेपालका विभिन्न ठाउँका ५० जना बिद्यार्थी सहभागी थिए ।
वाईज इन्टरनेशनल कन्सलटेन्सी , वान एजुकेसन फाउन्डेसन र साइनअप एजुकेसन सर्विसेस संयुक्त आयोजनामा भएको सो कार्यक्रममा भारतको आसाम-गुजरातमा रहेको रोयल ग्लोबल युनिभर्सिटी बारे बिद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
सोही कार्यक्रममा सहभागी बिद्यार्थीहरुलाई निशुल्क रुपमा ८ दिनको लागि खाने बस्ने व्यवस्था सहित भोलि युनिभर्सिटी भ्रमणमा लाने योजना रहेको वाईज इन्टरनेशनल कन्सलटेन्सीका प्रबन्ध निर्देशक विवेक जयसवालले जानकारी गराए ।
रोयल ग्लोबल युनिभर्सिटीमा अध्यनका लागि नेपालबाट जाने बिद्यार्थीहरुलाई महिना शुल्कमा ७५ प्रतिशत छात्रवृत्ति दिइने वान एजुकेसन फाउन्डेसनका प्रबन्ध निर्देशक राहुल वर्णवालले बताए ।
साइनअप एजुकेसन सर्विसेसका प्रबन्ध निर्देशक मनतोश प्रसाद साहका अनुसार, “रोयल ग्लोबल युनिभर्सिटीमा इन्जिनियरिङ, बिबिए, एकबिए, होटेल म्यानेजमेन्ट” लगाय अध्यन अध्यापन गराइन्छ ।
सन २००२ देखि सञ्चालनमा रहेको युनिभर्सिटीमा ८ हजार बिद्यार्थीहरु अध्यनरत रहेको अन्तर्राष्ट्रिय प्रबन्धक केशव ढकालले बताए ।