वीरगंज । देशकै आर्थिक नगरीको रूपमा परिचित एवं मुख्य प्रवेशद्वार वीरगञ्ज भन्सारमा खटिएको सशस्त्र प्रहरीको राजस्व गस्ती प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक (डीएसपी सुरज रिजालले पर्साका सञ्चारकर्मीलाई दुव्र्यवाहार गर्नुका साथै सर्वसाधारण व्यक्तिहरूलाई पनि दुःख दिनसुरु गरेका छन् ।
राजनीतिक दलको पावर तथा ठूला नेताहरुसँग चिनजान भएको भन्दै व्यपारी , सर्वसाधारणलाई विभिन्न वहानामा चेकजाँचको नाम राखी दुःख दिई दुर्व्यवार गर्दै डिएसपिको बल देखाउँदै कुटपिटमा समेत उत्रिएको नाम नखुलाउने शर्तमा एक बुक्तभोगीले बताएका छन् ।
केही दिन मात्रै अगाडि पर्साका पत्रकार कपिलदेव यादवलाई डीएसपी रिजालले भन्सारको मुख्य प्रवेशस्थलमा दुव्र्यवाहार गरेको पत्रकार यादवले बताएका छन् । भारतको बैंलोरमा उपचार गराएर फर्किएका दाजुलाई लिन गएका बेला पत्रकार यादवसहित उनका दाजुलाई दुव्र्यहार गरेको उनले बताए ।
गत शनिबार साँझ करीब ९ बजेतिर रक्सौलबाट नेपालतर्फ प्रवेश गरिरहेका दाईलाई भन्सारको मूल गेटमा सशस्त्र प्रहरीका जवानले रोकी अभद्र व्यवहार देखाएको पीडित यादवको भनाइ छ ।
चेकजाँचमा खटिएका जवानले हिन्दी भाषामा कहाँबाट आएको ? झोलामा के छ ? भन्दै अपमानजनक तरिकाले व्यवहार गरेको देखेपछि आफू सञ्चारकर्मी भएको र दाजुलाई त्यसो नगर्न आग्रह गर्दा नजिकै रहेका डीएसपीले आक्रोशित हुँदै झन अभद्र व्यवहारमा उत्रिएको पत्रकार यादवले बताए ।
डीएसपी रिजालले भने आफूहरुबाट त्यस्तो दुव्र्यवहार नभएको र सामान्य सोधपुछमात्र गरेको दाबी गरेका छन् । ‘त्यस्तो केही भएको होइन । सामान्य कुरा हो । तर, उहाँहरुले त्यसलाई प्रतिष्ठाको विषय बनाउनुभयो,’ डीएसपी रिजालले भने तर डिएसपी रिजालको सोधपुछ र चेकजाँचको नाम आफ्नो प्रचार र डर कायम गर्ने उद्देश्य रहेको त्यहाँ उपस्थित व्यक्तिहरूलाई बताएका छन् ।
पत्रकार यादवका अनुसार सञ्चारकर्मी भएको बताउने बित्तिकै आक्रोशित भएका डीएसपी रिजालले पत्रकार यादवमाथि मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएका थिए । दुवै भाईलाई अपमानजनक व्यवहार गरेका थिए ।
पत्रकार यादवले आफूले मादक पदार्थ सेवा नगरेको दाबी गर्दै मेडिकल गराउन चुनौती दिएपछि डीएसपी रिजालले केही बेरमा मेडिकल नगराई छोडिदिएका थिए । घटनाको भोलिपल्ट पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीसहित पदाधिकारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसाललाई भेटेर घटनाबारे आपत्ति जनाउँदै डीएसपीमाथि कारवाहीको माग गरेको पत्रकार महासंघ पर्साका कोषाध्यक्ष सञ्जीव मिश्रले जानकारी दिए ।
त्यसबेला सशस्त्र प्रहरीका एसपीसमेत उपस्थित थिए । प्रमुख जिल्ला अधिकारीले घटनाबारे बुझेर प्रक्रिया अघि बढाउने आश्वासन दिए पनि अहिलेसम्म मौन देखिएको कोषाध्यक्ष मिश्रले बताए । पत्रकारलाई अभद्र व्यवहार गर्ने डीएसपीलाई कारवाही नभए आन्दोलन गर्ने चेतावनी पत्रकारहरुले दिएका छन् ।
‘प्रहरीले पत्रकारमात्र होइन, कसैमाथि पनि अभद्र व्यवहार गर्नु हुँदैन । बर्दीको आडमा नागरिकमाथि ज्यादति गर्ने छूट कसैलाई छैन,’ पत्रकार यादवले भने । डीएसपी रिजालले ‘हैकमवादी’ शैलीमा व्यापारी, उद्यमी सबैलाई अपमानजक व्यवहार गर्दै आएको एक पीडित व्यापारीले बताए ।
वीरगञ्ज भन्साका कर्मचारीसमेत उनको व्यवहारका कारण आजित भएको बताइन्छ । डीएसपीले नाकामा सर्वसाधारणमाथि ‘मै हुँ’ भन्ने व्यवहार देखाएर अनावश्यक मानसिक याताना दिने गरेको र यसबाट भन्सार प्रशासनप्रति नै नकारात्मक सन्देश गइरहेको भन्सारका एक अधिकारीले बताए । सशस्त्र प्रहरीले मालसामान पक्राउ गरेपछि दाबी गर्न पुगेकाहरुमाथि कुटपिटमै उत्रिने गरेको पनि पीडितहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् ।
केहि दिन मात्रे अगाडि एक जना ब्यतmीले भारतको रक्सौलबाट १७ सयको लुगा किनेर बिरगंज फरर्किदै गरेको अवस्थामा आफु गृहमन्त्री रबि लामिछानेको भान्जा भएको बताउदै मोटरसाईकल सिज हुने गरी नियन्त्रणमा लिई भन्सार बुझाएका थिए ।