पर्सा । शिवम् हेचरी लगायत विभिन्न प्रकरणमा विवादमा आउन थालेको पर्साको पटेर्वासुगौली गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायत कार्यालयको शाखा प्रमुखहरुको आसेपासेको मनोपोली चल्ने गरेको छ ।
पालिकाको बजेट दुरूपयोग गरी कृषि शाखा प्रमुख सीमा चौधरी र कृषि शाखा कै कर्मचारी गोविन्द भैया थारुको परिवारको लागि केही योजना देखाएर पालिकाको रकम हाकिमहरूको रजगज गर्दा दुःख गर्ने जनताहरू भने पीडित बनेका छन् ।
कुन किसिमको भ्रमण हो भने यात्रा गर्नुपूर्व गन्तव्य तय गरिन्छ तर गाउँपालिकाबाट कृषि शाखा प्रमुख सीमा चौधरीको नेतृत्वमा निस्केको टोली कृषि तथा पशुपन्छिको भ्रमण तथा अवलोकनको नाममा रमणिय ठाउँमा भ्रमण निस्किनु नै बजेटको दुरूपयोग हो ।
एकजना गाउँबासीका अनुसार कृषि भ्रमण कृषि हुने ठाउँमा जानुपर्ने तर उहाँहरुले चितवन , लुम्बिनी र पोखरा जानु नै दुःखको कुरा भएको बताए । यो भ्रमणले पालिकाको विकास हैन् विनाश भएको उनले जिकिर गरे ।
निश्चित उद्देश्य राखेर कामको थालनी हुन्छ । जनप्रतिनिधि र कर्मचारी भने उद्देश्य र गन्तव्य निर्धारण नै नगरी भ्रमणमा निस्किएका छन् । पालिकाको बजेटमा कृषी शाखा अधिकृत चौधरीको नेतृत्वमा जम्बो टोली भ्रमणमा निस्किएको हो । ‘उनको नेतृत्वमा अन्तर जिल्ला कृषी तथा पछुपन्छि अवलोकन भ्रमणमा पोखरा , लुम्बिनी र चितवन निष्किएका छन् ।
कृषि तथा पशुपंछी भ्रमणको नाममा आकर्षक गन्तव्य घुम्ने भन्दै गएको २३ गते देखि जम्बो टोली भ्रमणमा निस्किएको हो । भ्रमण टोलीमा कृषी शखा अधिकृत चौधरीकी काकाकी छोरी उनकी बहिनी र कृषी शाखाकै गोबिन्द भैया थारुको ठूलो दिदी लगायत उनको आसेपासे नातेदार जनप्रतिनिधि र कर्मचारी गरी लगभग ४० जना भन्दा धेरै छन् ।
कार्यपालिका बैठकले भ्रमणमा जाने विषय निणर्य गरेपनि कति खर्च गर्ने तय गरेको थिएन भने नाम नखुलाउने शर्तमा एक कार्यपालिका सदस्यले बताए । ‘कार्यपालिकाका सदस्य, कर्मचारी, पार्टी प्रतिनिधि, शिक्षकका प्रतिनिधि र अगुवा किसानलाई भ्रमणमा लैजान निणर्य गरिएको हो’, ‘तर निणर्य गरेबमोजिम भ्रमण टोलीमा सहभागी समेटिएका छैनन् भने उनले बताए ।’
निणर्य विपरित भ्रमण टोली तयार गरिएको भन्दै अधिकांश गाउँपालिका बासिले आक्रोष पोखेका छन । कार्यालयका कर्मचारी भ्रमणमा निस्किएका बेला पालिकाबाट हुने काम ठप्प हुँदा सेवाग्राही पनि मारमा परेका छन ।
गाउँपालिकाका आधा भन्दा धेरै कर्मचारी भ्रमणमा गएका उनले बताए ।जनप्रतिनिधि र कर्मचारी भ्रमणमा भएकाले पालिकाको काम प्रभावित भएको छ । अधिकृतले गर्ने सबै काम अरुले गर्न मिल्दैन’ भने, ‘कार्यालयको मुख्य कर्मचारी नै भएपछि सेवाग्राही स्वभाविक रुपमा मारमा परेका छन् ।’
अख्तियार दूरुपयोग अनुसन्धान आयोग , राष्ट्रिय सतर्कता केन्द्र लगायत नियमन निकाय मौन हुँदा बजेट दुरूपयोग गर्नेहरूको हालीमुहाली बढेको देखिन्छ ।
यस विषयमा कृषि शाखा प्रमुख चौधरीले फार्म भर्ने सबैजनालाई ल्याइएको बताइन् तर फार्म भरेकाहरुको मध्ये उनले मात्र आफ्नो आसेपासेलाई लागिएको कुरा गाउँबासीले आरोप लगाएका छन् ।