१) वर्तमान अबस्थामा नर्सिङ्ग पेशा अवसर या चुनौतीको के लिनु भएको छ ?
नर्सिङ्ग पेशालाई मैले अवसर र चुनौती दुवैको रुपमा लिएको छु । नर्सिङ्ग पढे पछि रोजगारीको ग्यारेन्टी हुन्छ यसलाई मैले अवसरको रुपमा लिएको छु । हामीले काम गर्दा जोखिम बहन गर्नुपर्ने जस्तै हामीले अरुको जीवनसंग खेलिरहेका हुन्छौं । सानो तिनो गल्तीले कसैको ज्यान समेत जान सक्छ यसलाई चुनौतीको रुपमा लिएको छु । अध्ययन गरेपछि रोजगारी त पाईन्छ तर सधैं जोखिम नै हुन्छ ।
२) पहिले छोरीलाई नर्स पढाउनु हुदैन भन्ने मान्यता थियो भने अहिले प्रत्येक घरमा एक जना नर्स नै हुनु पर्दछ भन्ने मान्यता छ यसलाई के भन्नु हुन्छ ?
पहिला पहिला मानिसहरुमा आफनो छोरी चेली बाहिर गए विग्रिन्छन् भन्ने सोचाई थियो जसका कारण नर्सिङ्ग पढाउदैन्थे । नर्स पढ्यो भने बाहिर जानुपर्छ अरु व्यक्तिहरुसँग बोलचाल हुन्छ अनि विग्रिन्छन् सोचेर पढाउदैन्थे अहिले समयसंगै मान्छेको सोचमा परिवर्तन भएको छ ।
नर्सिङ्ग पढ्यो भने सहज रुपमा जागिर पाउँछन । विदेश जानका लागि पनि अहिले मान्छेहरु नर्सिङ्गलाई रोजेका छन् । धेरै मान्छेमा अहिले सेवाको भावानाको विकास भएको छ । यो पेशामा सहज रुपमा रोजगारीको साथसाथै सेवा पनि गर्न पाईने भएकोले पहिले भन्दा अहिले सजिलो भएको छ ।
३) पहिले भन्दा अहिले नर्स पेशामा निकै नै आकर्षण बढदै जानुको कारण के होला ?
यो पेशामा सेवाको भावना भएर होला आकषणर् बढेको १ सबैजना अहिले चुनौतीवाला काम गर्न खोजिरहेका छन किनभने जहाँ चुनौती हुन्छ त्यहाँ प्रशस्त अवसर पनि हुन्छ । नर्सिङ्ग पेशामा सजिलै रोजगारी पाउनुको साथसाथै सेवा पनि गर्न पाईन्छ र विदेश जान पनि नर्सिङ्ग गरेको मान्छेलाई सजिलो हुन्छ । परिवारमा एक जना नर्सिङ्ग पेशामा भयो भने परिवारलाई सेवा गर्न सक्छ आफनो परिवारको पनि हेरचाह हुने भएकोले यस तर्फ आकर्षण बढेको हो ।
४) नर्सिङ्ग पढने वितिकै सरकारी अस्पतालमै जागिर पाईदैन होला, निजिमा पनि काम गर्नुपर्ने हुन्छ । सरकारी र निजि अस्पतालमा सेवा सुविधाको के कस्तो व्यवस्था छ ?
पहिले सरकारी अस्पताल मात्रै थिए त्यो काम पाउन कठिन थियो तर अहिले प्रत्येक शहरमा निजि अस्पतालहरु खुलेका छन । जसले काम पाउन सजिलो तर काम अनुसारको सेवा सुविधा पाउन सकिरहेका छैनन् ।
सरकारीमा त अलि ठिक भएपनि निजि अस्पतालहरुमा दिनरात डियूटी गराउने, नर्सकै भरमा अस्पताल चलेको हुन्छ तर त्यस अनुसार सुविधा छैन । अस्पतालमा केही घटना भयो भने नर्सलाई नै आरोप लगाउने, रातमा डयुटी गर्ने नर्स सुल्यो भन्ने, मोबाइल चलायो जस्ता आरोप लगाउने गरिन्छ । यहाँसम्म कि मान्छे मरेपनि नर्सले राम्रोसंग हेरचाह गरेनन्। मान्छे मर्यो जस्ता आरोप लगाउने गर्दछ, वास्तवमा कोहीपनि मान्छे मार्न चाहदैन नि । हामी आफना घर परिवारलाई छोडेर, काखे बच्चालाई समेत सेवा दिईरहेका छौं तर सुविधा कम ड्रानै त्यसमाथी केही घटना दुर्घटना भई नै हाल्यो भने नर्सलाई नै आरोप लगाउने चलन बढेकाले काम गर्न गार्हो छ । सरकारीमा त अलिकति सजिलो छ, सुविधाहरु अलि बढी छ तर निजिमा काम धेरै सुविधा कम छ । गो एकदम दुखद कुरा हो । अस्पतालमा केही भयो भने सबैभन्दा पहिला नर्सलाई नै आरोप लगाउने ।
यहाँका मान्छेहरु बुझन पनि चाहदैनन् की एउटा बेडमा एकजना नर्स २४ सै घण्टा बस्न सक्दैनन् । नर्सले नै काम गर्न सक्दैन । जेमा पनि नर्स १ बच्चा हराए पनि नर्सले नै पैसा खा बेचेको होला भन्ने आरोप लाग्छ तर यहाँको सुरक्षा व्यवस्था कस्तो छ सुरक्षागार्ड छ की छैन । एक त आवश्यता भन्दा पनि कम नर्स त्यस माथी दिन प्रति दिन विरामीको संख्या बढदो छ यस तर्फ ध्यान कसैको जौदैन ।
५) यस्तो घटना हुनुको कारण के होला ?
यसमा सबैको गल्ती छ । अस्पतालको सानो कर्मचारी देखि लिएर व्यवस्थापनको समेत गल्ती हुन सक्छ । विरामीहरु पनि चनाखो हुनुपर्ने, अपरिचित व्यतिm यस्तो वार्डमा आयो भने अस्पताल प्रशासनलाई जानकारी गराउने काम गर्नुपर्छ । अस्पताल प्रशासनले सुरक्षा गार्ड तथा सि सि क्यामेरा लगायत सुरक्षाको प्रवन्ध गर्नुपर्छ अनि मात्र यस्तो घटनाहरु रोक्न सकिन्छ।
६) सेवाको भावना सहित नर्सिङ्ग पेक्षा तर्फ आकर्षण बढेको छ रु सेवा अनुसारको सुविधा छैन भन्नु भयो यसका लागि सरकारले कस्तो निती ल्याउनु पर्छ ?
काम अनुसारको तलब सेवा बढाउने र प्रोत्साहन हुने खालको काम गरि दिनु पर्दछ । जसले गल्ती गरे पनि नर्स माथी नै आरोप लगाउने, बिना प्रमाण नर्सलाई आरोप लगाउने चलन छ । नर्सले राम्रो काम गर्दा गर्दै नराम्रो व्यवहार गर्ने चलन छ यसलाई रोक्नका लागि सरकारले कदम चाल्नु पर्छ ।
७) नर्सिङ्ग पढेका अधिकांशले बाहिर जाने सोच बनाएका हुन्छन । सरकारले यस तर्फ कस्तो किसिमको पहल गरे भने दक्ष जनशतिलाई बाहिर जानबाट रोक्न सकिन्छ ?
नेपालमा नर्सिङ्ग पढाई दिन प्रति दिन महँगो हुदै गईरहेको छ तर त्यस अनुसारको तलब नेपालमा छैन । निजि अस्पतालमा आठ दश हजारमा काम गरिहरेका छन । न त लगानी अनुसारकी सुविधा न त भविश्य नै सुरक्षित छ तर विदेशमा गईयो भने दाम पनि छ नाम पनि र भविष्य सुरक्षित जसकारण हाम्रा नर्सहरु बाहिर गईरहेका छन । यसलाई रोक्नका लागि सरकारले कदम चालन पर्छ । सेवा सुविधा बढाउनुपर्छ, यस पेशामा लागेकालाई सुरक्षित भविष्यको लागि पहल गर्नुपर्छ । नेपालमा नै रोजगारी र राम्रो सुविधा पायो भने किन बाहिर जाने ?
८) नर्सिङ्ग पेशा तर्फ आकर्षण बढदो छ यस पेशा आउन चाहनेलाई तपाई के सन्देश दिन चाहनु हुन्छ ?
नर्सिङ्ग पेशामा सेवाको भावनाले लानुस । यो पेशामा अवसर छ त्यती नै चुनौती पनि छ । तीन वर्षको कोर्ष हुन्छ त्यसमा पुरा समय दिएर पढनुस । कसै कसैले मजाक लिएर पढ्नु हुन्छ त्यस्तो नगर्नुस । हाम्रो एउटा सानो गल्तीले कसैको ज्यान समेत जान सक्छ त्यसैले राम्ररी ध्यान दिएर पढनुस् र पढेका कुरा ब्यवहारमा लागू गर्नुस । हामी भगवान त होईनों तर यस पेशालाई भगवानको रुपमा हेर्ने गरिन्छ यसलाई पनि ख्याल गर्नुस । हामी पढेर आफनो देश र जनताको सेवा गरी देश मै बसेर आमा बुवाको सेवा गरौ ।
( शंकरापुर अस्पताल काठमाडौंमा आवद्ध स्टाप नर्स सुमनसँग गरिएको कुराकानीमा आधारित )