वीरगंज । पर्साको स्थानीय तहहरुमा झोले संस्थाका रुपमा परिचित एक जना संचालकले लुट मचाएका छन् । पर्साको बिन्दबासिनी गाउँपालिका - ४ झौवा निवासी ओम प्रकाश गुप्ताले दर्जनौ झोले गैर सरकारी संस्थाहरु दर्ता गरि अनियमितता गरिरहेको समाचार उजागर भएको छ ।
उनले विभिन्न स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु कमिसनको प्रभावमा पारि लक्षित बर्ग कार्यक्रमहरु हत पारि कार्यक्रम संचालनमा अनियमिता गरिरहेका हुन् । समाचार स्रोतका अनुसार गुप्ताले आफ्ना घरपरिवार तथा आफन्त आसेपासेको नाममा र नक्कली कागजपत्रको अधारमा दर्जनौँ सामाजिक संघसंस्था दर्ता गराएका छन् ।
सोही संस्थाहरुबाट उनले कमिसनको सेटिङमा ब्युटिसियन , डल कुशन तालिम, मेहदी बनाउने सम्बन्धि तालिम, अगरबति, ममबति बनाउने तालिम लगायतका समाजिक विकासका कार्यक्रमहरु संचालन गर्दै आएका छन् ।
यसका साथै उनले केही सप्लायर्सहरु पनि दर्ता गराई सामाजिक विकासका कार्यक्रमहरू र जिन्सीका समान खरिद गर्न कमिसनको भरमा आफ्नै फर्मको नाममा हात पारेर कागज मै मिलान गरी बिल भर्पाई बनाइ लाखौँ करोडौँका बजेट हात पार्ने गरेका छन् ।
उनले पर्साको पोखरिया नगरपालिका , पकाहाँमैनपुर गाउपालिकालगायत पर्साका अधिकान्स स्थानीय तहमा अधिकांश समाजिक विकासका कार्यक्रम हात पारेका छन् । पर्साका झोले एनजियोको माफियाको रुपमा परिचय बनाएका गुप्ताले पालिका तथा वडाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख र लेखापाल प्रमुखका कर्मचारीहरूलाई बजेटको ४० पर्सेन्टदेखि ५० पर्सेन्ट सम्म कमिसन बुझाएर कार्यक्रमहरु हात पारिरहेका छन ।
यति मात्र हैन कार्यक्रम हात पार्न बिदेशी रक्सी दारु मासु जनप्रतिनिधि र कर्मचारीहरुको घर घरमा पुर्याएर विभिन्न किसिमका खुसामत गर्ने गरेको वताइन्छ । यति मात्र कहाँ उनले कार्यक्रमहरु हात पार्न जनप्रतिनिधि र कर्मचारीहरुलाई पहिला नै कमिशन बुझाउने गरेका छन् ।
उनले सामाजिक विकासका कार्यक्रमहरू मात्र होइन जिन्सीका समान खरिद ,ठेक्का पटा जस्ता कार्यहरू समेत गर्न थालेका छन् । बजेटको २० प्रतिशत पनि खर्च नगरी बिल भरपाई मिलाई पहुँच तथा कमिसनको भरमा पैसा निकासा गराई आतङ्क मच्चाउनुको साथै बर्सेनि लाखौँ लाख बराबरको राजश्व चोरी गरिरहेको खुलेको हो । कतिपय समाजिका विकासको कार्यक्रम संचालन विना नै कागज मिलाई निकासा गराउने गरेका छन् ।
समाचार स्रोतका अनुसार गुप्ताले संचालन गर्ने सबै कार्यक्रमहरु मापदण्ड विपरित संचालन हुने गरेको छ । उनले कार्यक्रम संचालन गर्दा मात्र नास्ता खुवाएर फोटो खिच्ने गरेको वताइन्छ ।
उनले जिल्लाका अधिकांश पालिकाहरूमा गुप्ताले कमिसन बुझाएर आफ्नो डिजाइनमा जिन्सीका समान खरिद र संघसंस्थाबाट हुने सामाजिक विकासका कार्यक्रमहरू हाल्न लगाई कसैलाई जानकारी नै नदिई जनप्रतिनिधिको आसेपासेहरूलाई बोलाएर साँघुरो कोठामा गुपचुप ढङ्गबाट कागजमै सीमित हुने गरी कार्यक्रम गरेर पालिकाको लगानी बालुवामा पानी हाले सरह गरेको स्थानीयहरूको गुनासो छ ।
झोलामा संस्थाको कागज पत्र बोकि गुप्ताले स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरु सङ्गको कमिसनको खेलमा विभिन्न किसिमको कार्यक्रमहरु गरिरहेका छन । समाजिक विकासको उद्देश्य दर्ता भएको संस्थाहरुले उनले निजि आर्थिक लाभको रुपमा परिणत गरेका छन् ।
गुप्ताले बढी कमाइ हुने कार्यक्रमहरु हाल्न जनप्रतिनिधिहरुलाई आर्थिक हिसाबले लोभ्याएर हाल्न लगाइ सेटिङमा मोटो कमिसन बुझाएर काम गरिरहेको वताइन्छ । पालिकाका सरकारी कर्मचारीहरू नै गैरसरकारी संघ संस्थावालाहरुसंग मोटो कमिसन बुझेकै कारण सामाजिक विकास कार्यक्रमहरुमा भ्रष्टाचारको सीमा नाघेको छ ।
यसको उदाहरण सवरुप हाल पोखरीया नगरपालिकामा समपन्न ब्युटिसियन तालिमलाई लिन सिकन्छ । पोखरिया सम्पन्न ब्युटिसियन तालिमको अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी दिने स्थानियहरुले तयारी गरेका छन ।
यस्ता झोले संस्थाका कारण अनुभवि र योग्य गैर सरकारी संस्थाहरु ओलझेलमा परेका छन् । गुप्ता कै कारण सामाजिक विकासको लागि संचालन हुने कार्यक्रम बदनाम समेत हुने गरेको छ । सङ्घसंस्था माफिया गुप्ताले नाङ्गो भ्रष्टाचार गरेर अख्तियारलाई समेत खुल्ला चुनौती दिइरहेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्था माफिया गुप्ताले संचालन गर्ने काममा निगरानी बढाउन र राम्रो संग छानबिन गरी यस्ता भ्रष्टहरुलाई कार्वाहीको दायरामा ल्याउन आवश्यक देखिन्छ ।