शीर्षक
समाचार
अर्थ / वाणिज्य
विचार
खेलकुद
उपत्यका
मनोरञ्जन
[अरु]
आजको ई-पत्रिकासम्पर्क ठेगाना
कान्तिपुर पब्लिकेशन्स् लि.
सेन्ट्रल बिजनेस पार्क, थापाथली
काठमाडौं, नेपाल
jj
+977-01-5135000,+977-01-5135001
Version 1.01
.
Kantipur Daily
15
समाचार
प्रदेश तेस्रो तहका नेता 'पार्किङ' गर्ने स्थल बन्यो : उपप्रधानमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनालाई सही बाटोबाट अघि बढाउन आवश्यक रहेको बताएका छन् ।
नेपाल समाजवादी पार्टीको स्थापना दिवसको अवसरमा काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा गृहमन्त्रीले प्रदेश तेस्रो तहका नेताहरूलाई राख्ने स्थल बनेको बताए । उनले व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई अँगाल्न नसकेको बताए । उनले तेस्रो तहका नेताहरूलाई राख्ने ठाउँ प्रदेश बनेको बताएका हुन् ।
‘प्रदेश संरचनालाई लिएर हामीले राखेका केही प्रश्न र धेरै जिज्ञासाहरू छन् । प्रदेश जुन ढंगको बनेको छ, के संविधानले परिकल्पना गरेको प्रदेश अहिले जे देखिएको छ, त्यहीँ प्रदेश हो ? के त्यसले संविधानले परिकल्पना गरेको, व्यवस्थाले परिकल्पना गरेको संघीयताको मर्मलाई बोकेको छ कि बद्नाम गराउने काम गरेको छ ?,' गृहमन्त्री लामिछानेले भने, 'त्यसलाई रिट्रोफिटिङ गरौँ है, त्यसलाई ठीक गरौँ, त्यो बेढंगको छ, हामीले ढंगको बनाउनुपर्छ भनेको हो । त्यो दोस्रो, तेस्रो लेयरका राजनीतिक दलका नेताहरूलाई पार्किङ गर्ने, पार्किङ स्थल भएको छ । तेस्रो तहका नेताहरू कता जाने भन्दा प्रदेशमा
गृहमन्त्री लामिछानेले सबैलाई जोगाउँदा, देश, व्यवस्था र संविधान नजोगिने अवस्थामा पुगेको बताए । उनले मिलेर जाउँ भन्ने चक्करमा आफू ३ महिना नलागेको भए गत निर्वाचनमा २० सिटभन्दा बढी प्रत्यक्षतर्फ जित्ने दाबी गरेका थिए ।