वीरगंज । मधेश प्रदेश सभा सदस्य शड्ढर चौधरीले जस्तो शिक्षा दिन्छौ, त्यस्तै भोगाई भोग्नुपर्छ भन्दै ज्येष्ठ नागरिक प्रतिको व्यवहारमा सुधार नआउनुको प्रमुख कारण भएको बताए ।
ज्येष्ठ नागरिक सङ्घ मधेश प्रदेशले शनिवार वीरगंजमा आयोजना गरेको ज्येष्ठ नागरिक हक अधिकार सम्बन्धि सरोकारवालासंग छलफल कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य चौधरीले आफ्ना सन्ततीहरुलाई राम्रो संस्कार दिने हो भने आगामी दिनमा ज्येष्ठ नागरिकहरु प्रति श्रद्धा, सद्भाव बढने बताए ।
उनले अमेरिकामा विद्यालयस्तरबाट ज्येष्ठ नागरिकहरु प्रति गर्नुपर्ने श्रद्धा, भावबारेमा जानकारी गराउने, अध्ययनको क्रममा उनिहरुसंग प्रत्यक्ष साक्षात्कार गराउने जस्ता कामहरु गरिंदै आएको र त्यसप्रकारको शिक्षा विधी नेपालमा पनि गरेको खण्डमा ज्येष्ठ नागरिकहरु प्रति आउने सन्ततीको सोच परिवर्तन गर्न सकिने बताए ।
उनले प्रदेश सरकार सिस्टममा नचलेको आरोप लगाए । प्रदेश सरकार सिस्टममा नचलेको पीडा ज्येष्ठ नागरिकहरुले पनि भोग्दै आएको बताए । उनले संस्था दर्ता नहुनु त्यसको उदाहरण भएको बताए । उनले सङ्घ र स्थानिय सरकारलाई अधिकार दिइएको छ तर प्रदेश सरकारलाई अधिकार विहिन पारिएको दोषारोपण लगाए ।
कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ पर्साका श्याम पोखरेल, बाराका भरतबहादुर मल्ल, रौतहटका विजयकिशोर झा, सर्लाहीका डा. अब्दुल रहिम मिकरानी, धनुषाका शुभचन्द्रलाल कर्ण, सप्तरीका रामनरेश सिंले ज्येष्ठ नागरिकका हकमा सरकारले धेरै कानुनी अधिकारहरु प्रदान गरेको तर त्यसको कार्यान्वयन भने नगरेको आरोप लगाए । उनिहरुले ज्येष्ठ नागरिकहरुमा ७० वर्षमाथीका लागि निश्शुल्क स्वास्थ विमाको व्यस्था गरेपनि अस्पतालमा औषधीलगायतका सेवाहरु नपाउने गरेको गुनासो पोखे । सार्वजनिक बस सेवामा राजधानी काठमाण्डौमा ज्येष्ठ नागरिकलाई टिकटमा कन्सेसन दिएपनि मधेश प्रदेशमा त्यस्तो कुनै पनि बसले छुटको व्यवस्था नगरेको बताए । उनिहरुले सरकारबाट पिडित ज्येष्ठ नागरिकहरुले आफ्नो हक अधिकारको लागि सडकमा आउनुपर्ने बाध्यकारी अवस्था सिर्जना गरिएको बताए । अहिलेको उमेर समुहमा खासगरी स्वास्थप्रति सरकार गम्भिर हुनुपर्ने उनिहरुको सुझाव थियो । स्थानिय तहको सरकार गठनपछि ज्येष्ठ नागरिकहरु प्रतिको सेवाभावमा निकै ह्रास आएको आरोप लगाए ।
कार्यक्रममा नेपाल चिकित्सक सङ्घ नारायणी, वीरगंजका अध्यक्ष डा. मनोज गुप्ताले आफुले ज्येष्ठ नागरिकहरुको स्वास्थ उपचार निश्शुल्क गर्ने बताए । यसैगरी उनले सरकारी अस्पतालका साथै ज्येष्ठ नागरिक मैत्री बनाउन निजी अस्पतालहरुसंग पनि सहकार्य गर्ने आश्वासन दिए ।
नेपाल पत्रकार महासङ्घ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, जिल्ला अध्यक्ष अनुप तिवारीले सञ्चार माध्यमबाट ज्येष्ठ नागरिकहरुको हक अधिकार सुनिश्चित गर्ने काम भइरहेको र आगामी दिनमा पनि यो विषयको उठान निरन्तर हुने बताए ।
स्थानिय समाजसेवी नेजामुद्धिन समानी र प्रकाश उपाध्यायले समाजलाई ज्येष्ठ नागरिक मैत्री बनाउन भुमिका खेल्ने बताए ।
वीरगंज उद्योग वाणिज्य सङ्घका महासचिव माधव राजपालले घरका ज्येष्ठ नागरिकहरुले संस्कार सिकाउनुपर्ने बताए । उनले घरसंग टोलाका गतिविधिहरुमा पनि निगरानी बढाउने हो भने युवाहरु कुलतको शिकार नहुने बताए । घरमा देखाएको अभिभावकत्व, टोल समाज र देशमा देखाउने हो भने सन्ततीले प्रगति गर्ने बताए ।
युवा नेता दीलिपराज कार्कीले घरका ज्येष्ठ नागरिकसंग हुलमिल गर्ने तर बाहिरका ज्येष्ठ नागरिकप्रति भय, द्धेष र घृणाका साथ हेर्ने बालबालिका र युवाहरुको सोचमा परिवर्तन ल्याउन ज्येष्ठ नागरिकहरुले उनिहरुसंग कार्यक्रमको माध्यमबाट हिमचिम बढाउनुपर्ने सुझाव ।
कार्यक्रमका अध्यक्ष जगदीशप्रसाद शर्माले सरकारले गरेको स्वास्थ्य विमाको बिजोग भएको बताए । उनले अस्पतालमा पाउने औषधी चिकित्सकले लेखिदिदैनन् र बाहिरबाट खरीद गर्दा विमाले भुक्तानी दिदैन दोधारमा परेको बताए । उलने अधिकांस ज्येष्ठ नागरिकहरु परिवारबाट हुने हिंसाका शिकार भएको बताए । उनले परिवारका सदस्यहरुले जतिसुकै दुख दिएपनि अभिभावकत्वको भुमिकामा ज्येष्ठ नागरिकहरु बसिरहेको र परिवारको इज्जत बचाउ“दै आएको बताए । छोराछोरीबाट हुने हिंसाका बावजुद उनिहरु प्रहरी, प्रशासन, अड्डा अदालतको चक्कर काटेर दुख नपाउन भनि धेरै ज्येष्ठ नागरिकहरु गुपचुप बस्दै आएको बताए । उनले ज्येष्ठ नागरिकहरुलाई हिम्मतका साथ समयको सामना गर्नुपर्ने सुझाए । म सक्छु भन्ने आत्मविश्वासका साथ काम गर्ने हो भने सबै कुरामा सफलता प्राप्त हुन सक्ने बताए
कार्यक्रमको सहजीकरण विनयराज गौत्तमले गरेका थिए ।