बारा । बाराको फेटा गाउँपालिकाको आईतबार १४ औं गाउँसभा तथा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आगामी आर्थिक वर्षको लागि यस गाउँपालिकाले रु ४१ करोड २१ लाख ९९ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँसभाका अध्यक्ष रुस्तम अन्सारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष नरेश पटेलले बजेट प्रस्तुतीकरण गरेका थिए ।
आगामी वर्षको बजेटले जन्ताको हितमा रहेको र यो बहुत जन्तामुखी रहेको गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बताए । असार १० गतेभित्र स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट प्रस्तुतीकरण गरिसक्नुपर्ने कानुनी प्रावधानभित्र रहेर आज यस गाउँपालिकाको बजेट प्रस्तुतीकरण कार्यक्रम सम्पन्न भएको उनले बताए ।
आफू निर्वाचित भएर आएपछि जन्ताको हरेक समस्यालाई समाधान हुनेगरी काम गर्ने प्रतिबद्धता अनुसार यस बजेटले पनि जन्ताको धेरै माग पूरा गर्ने आफू प्रतिबद्ध रहेको बताए ।
साथै सभा अध्यक्ष अन्सारीले शान्ति पूर्वक आजको यस गाउँसभालाई भबयताका साथ सफल पारीदिनु भएकोमा सबै जनप्रतिनिधि, कार्यपालिका सदस्यहरू, वडा अध्यक्षहरू, वडा सदस्यहरू, समाज सेवी, बुद्धिजीवी, सुरक्षाकर्मी , सञ्चारकर्मी लगायत सबैलाई धन्यवाद दिए ।
यस वर्षको बजेट शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि , खेलकुद लगायतमा बढी जोड दिएको अध्यक्ष अन्सारीले बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलेश मिश्र, ७ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विवेकशील साझा पार्टीका बारा जिल्ला अध्यक्ष सुशील साह, सञ्चारकर्मी, सुरक्षाकर्मी, पालिकाका कर्मचारी लगायतहरुको उपस्थिति रहेको थियो ।