वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ ले नागरिक अभिनन्दन कार्यक्रम सभ्य एवं भव्य रुपले सम्पन्न गरेको छ । वडा ८ का वासिन्दाहरु द्वारा विभिन्न स्तरमा समाजको साथै वडा समिती र वीरगन्जलाई अमुल्य सेवा सहयोग गरे बापत सो सम्मान प्रदान गरिएको हो । वीरगन्ज महानगर वडा-८ का वडा अध्यक्ष रितेश गुप्ताको अध्यक्षता एवं जसपा नेपालका पर्सा अध्यक्ष रामनरेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा विभिन्न क्षेत्रका गणमान्य ब्याक्तित्वहरु लाई गम्छा ओढाउनुको साथै ब्याग र सम्मानपत्र प्रदान गरि सम्मानित गरिएको थियो ।
सो अवसरमा सम्मानित हुनेहरुमा बरिस्ठ अधिवक्ता बालमुकुन्द खरेल,बरिस्ठ समाजसेवी मदन गुप्ता,एन्जल वर्ल्ड स्कुलका संचालक एवं एन प्याब्सन पर्साका अध्यक्ष राम राज श्रेष्ठ , टेक्वाण्डो पर्साका पुर्व अध्यक्ष गणेशमान श्रेष्ठ ,दलित महिला संघ पर्साका अध्यक्ष निला कुमारी राम, वडाका कर्मचारी ,स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत १०५ जना लाई सम्मानित गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी यादवले वडा अध्यक्ष रितेश गुप्ताले शिक्षा र स्वास्थ्य लगायत जनसरोकारका महत्वपूर्ण बिशयहरुमा जमिनी स्तरमा रहेर कुशलतापुर्वक सुकार्य गरि आफ्नो सुब्यवहारले सबैको मन जित्न सफल हुनुभएकोमा आफुलाइ निकै खुशी लागेको बताउदै यो सेवा सहयोगले वडावासिको शुभेच्छा आशिर्वाद लाग्ने छ र भविस्यमा उहाँ हाम्रो देशकै बिधायक सान्सद हुँदै धेरै अगाडि पुग्नमा आफू बिश्वस्त रहेको भन्दै उत्तरोत्तर प्रगतिको शुभकामना दिनु भयो ।
सो अवसरमा वडा अध्यक्ष गुप्ताले हाम्रो वडाका अग्रज , महिला , युवाहरुले म प्रती बिश्वास गरि सेवा गर्ने अवसर प्रदान गर्नु भएकोमा आफू सधै ऋणी रहने बताउदै म भाग्यमानी पनि छु कि वडावासिले मलाइ माया गरि साथ सहयोग सुझाव प्रदान गरि मार्गदर्शन गरिरहेका हुन्छन जस्ले मलाइ कार्य गर्न सजिलो पनि हुन्छ , तपाईहरुको सेवा सहयोगमा आफू कुनै कसर नछोडी दिनरात सेवा गरि वडालाइ नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गर्दै साथै आफ्नो अमुल्य साथ सहभागिताको लागि सम्पुर्णलाई आभार प्रकट गर्नु भयो ।
सो अवसरमा अतिथिहरु वडा सदस्यहरु गफार हवारी,मोहपतिया देवि,ललन चौरसिया,डा. अमरनाथ ठाकुर लगायत वडाका अग्रज,समाजसेवी ,महिला, युवा,सन्चारकर्मिहरुको बाक्लो सहभागिता रहेको थियो । सो कार्यक्रममा गणेशमान श्रेष्ठ ,मौलाना नरुल होदा,भाग्यनाथ गुप्ता,रामराज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य दिएको कार्यक्रममा स्वागत मन्तव्य पुर्व वडाअध्यक्ष मदन गुप्ताले गरेका थिए भने सहजीकरण पत्रकार माधुरी महतोले गरेका थिए ।