श्रावण वीरगन्ज । अभिभावकले आफ्नो बच्चा बाहिर पढन पठाउदा सबैभन्दा पहिले राम्रो र गुणस्तरीय शिक्षा प्रदान गर्ने युनिभर्सिटी रोज्ने गर्दछन् । बिश्वमै उत्कृष्ट शिक्षाको लागि लोकप्रिय रहेको भारतको जलान्धर शहरमा अवस्थित लभली युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुलाइ युनिभर्सिटी ले यो वर्ष ५०% स्कलरशिप प्रदान गरिरहेको छ ।
लक्ष्य एब्रोड स्टडिज प्रा लि वीरगन्जको आयोजनामा होटल भिस्वामा आयोजित प्रेस सम्मेलनमा विद्यार्थीहरु घरकै जस्तो सुन्दर सुख्द वातावरणमा गुणस्तरीय शिक्षा प्राप्त गरिरहेको युनिभर्सिटीका एडिशनल डाइरेक्टर नितेश महाजनले बताएका छन । जुनकी हाम्रो युनिभर्सिटी भारतमा पहिलो रहेको छ ,हाम्रो युनिभर्सिटी भारत सरकार बाट मान्यता प्राप्त UGC बाट मान्यता प्राप्त युनिभर्सिटी रहेको र भारतको प्राइभेट युनिभर्सिटी लाई विभिन्न जाच अनुगमन गरि रैन्क प्रदान गर्ने संस्था नैक रैकिङमा A++ रैन्क ल्याएको छ त्यो भनेको ४ मा ३.६ रन्क ल्याएको छ , भारतमा १००० युनिभर्सिटी एव ४० हजार कलेजहरु रहेकोमा हाम्रो युनिभर्सिटीले सबैभन्दा बढि रैन्क ल्याउन सफल भएको छ । नेशनल ईन्स्टिच्युट ३८,आर्टिटेक्ट मा १५,कृषिमा २० , मैनेज्मेन्टमा ३५ टप रैन्क ल्याएको छ । टाइम २०२४ मा वर्ल्ड रैन्कमा २५ र ईम्पेक्ट रैन्कमा २ स्रो रैन्क प्राप्त गरेको छ ।
नेपालका विद्यार्थीहरु पछिल्लो वर्षहरुमा लगातार बढदो अवस्थामा हामिकहा पढन आइरहेका छन यस्को मुख्य कारण घरको जस्तो वातावरणमा उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नुको साथै पढाई पश्चात् बाण्डेड कम्पनीहरुमा काम को ब्यवस्थापन नै रहेको छ । नेपालकै अरबपती उधोगी बिनोद चौधरी हामिकहा आएर विद्यार्थीहरु संग साक्षतकार गरि सकेका छन र आउने समयमा नेपाली विद्यार्थीहरुको कार्यकुशलतालाइ अझ बढाउने लक्ष्य लिएर योजनाहरु ल्याएका छौ जस्ले गर्दा बिश्वकै नामि कम्पनिहरु धेरै आकर्षक रकमको वार्षिक प्याकेजमा काम दिनेछन ।
विद्यार्थीहरुका अभिभावकहरुको पहिलो प्राथमिकता भने सुरक्षाको चासो लिने गर्दछन जुनकी लभली युनिभर्सिटी पुर्ण रुपमा डिजिटल , पुर्ण वाइफाई जोनमा परिणत छ ,३५० जना सुरक्षा गार्ड र कर्मचारीहरुको ब्यवस्थापन गरि सुरक्षित बनाएका छौ , विद्यार्थीहरु बाहिर निस्कन डिजिटल पन्च ( औठाको छाप) गर्ने ब्यवस्थापन गरि मात्र बाहिर निस्कन पाउछन् । विद्यार्थीहरु बिना ईजाजत होस्टलबाट, युनिभर्सिटीबाट न बाहिर जान सक्छन् न त बाहिरबाट भित्र नै मात्र पन्च गरि बाहिर र भित्र जान सक्दछन जस्को पुरै रेकर्ड रहन्छ भनी बताउनु भयो ।
त्यस्तै विद्यार्थीहरुको स्वास्थ्यको लागि युनिभर्सिटी भित्र नै अस्पताल र फार्मेसिको ब्यवस्था गरिएको छ जहाँ २४ सै घण्टा दक्ष स्वास्थ्यकर्मीहरु रहने गर्छन् । शुरुमा केही नया नया विद्यार्थीहरुलाइ घर आफन्तको यादले बिरामी हुन पुग्दछन त्यस्को लागि हैप्पी युनिभर्सिटीको अवधारणा अन्तर्गत साईकोलोजीका विज्ञ स्वास्थ्य परामर्शदाता रहेका छन जसले तुरुन्त विद्यार्थीहरु संग कुराकानी गरि आवस्यक परामर्श प्रदान गरि समस्या समाधान गर्ने गरेको उहाले जोडनु भयो । नेपालबाट आउने विद्यार्थीहरु लाओ हामिले दिल्ली एयरर्पोर्ट र रेल्वे स्टेशनबाट निशुल्क गाडि सहित कर्मचारीलाई लिन पठाउछौ । खाना एकदमै घरको जस्तो स्वास्थ्यवर्धक एवं गुणस्तरीय प्रदान गर्छौ त्यस्तै होस्टेलमा छहे जस्तो एसि कुलर सुविधा भएको कमन वा सिंगल रुमहरुको ब्यवस्थापन गरेका छौ जसले विद्यार्थीहरु पढाइमा बढी ध्यान दिने गर्दछन । साथै युनिभर्सिटी भित्रै सपिङ मलहरु छन ,ओलम्पिक स्तरको स्विमिङपुल खेलको मैदान थियेटर लगायतको व्यवस्थापन गरिएको छ जस्ले गर्दा विद्यार्थीहरु पढाई का साथै खेलकुद लगायत नाटक थियेटर जस्ता ज्ञानवर्धक ईभेन्टहरुमा भाग लियेर अतिरिक्त फाईदा उठाउने गर्दछन ।
खेलकुदको सन्दर्भमा भारतको ओलम्पिक संवरण पदक विजेता निरभ चोपडा हाम्रै युनिभर्सिटीका विद्यार्थी रहेको बताउदै वर्तमानमा ओलम्पिकमा भारतको टोलिमा लभली युनिभर्सिटीबाट २४ जना विद्यार्थीहरु खेलाडिको रुपमा भाग लिरहेको गौरवपुर्ण जानकारी गराएका थिए भने विभिन्न देशका खेलाडीहरु पनि आफ्नो देशबाट उच्च सम्मान हासिल गरेको जानकारी गराउदै सम्पुर्णलाई ढुक्क भएर लभली युनिभर्सिटी रोजेर सुख्द एवं सफल भविस्य रोज्न आग्रह गरेका थिए ।
लक्ष्य एब्रोड प्रा लि वीरगन्जका संचालक श्री नारायण पटेलले बिगत १५ वर्ष देखि लभली युनिभर्सिटी संग हातेमालो गरि नेपाली विद्यार्थीहरु लाई उच्च एवं गुणस्तरीय शिक्षा प्राप्त गर्न र गरिसके पश्चात् दक्ष जनशक्तीको साथै एक असल नागरिकको रुपमा तैयार भएर देश विदेशमा आकर्षक कम्पनिहरुमा निकै राम्रो संग सेवा गररिरहेको देख्दा आफू लाई निकै खुशी लागेको बताउदै सो युनिभर्सिटीबाट अध्ययनपछि देशमा आएर ठाकुरराम क्याम्पस जस्तो विभिन्न शिक्षण संस्थामा अध्यापन गराउने शिक्षकहरु र पुर्व विद्यार्थीहरु लाई आज साझ सम्मान गरि हौसला बढाउने कार्यक्रमको पनि आयोजना गरिएको बताउदै सम्पुर्ण अभिभावक एवं विद्यार्थीहरुलाइ निर्धक्क भएर लभली युनिभर्सिटी संग जुडन हार्दिक आग्रह गरेका थिए ।
सो प्रेस सम्मेलन लक्ष्य एब्रोड प्रा लि वीरगन्जका संचालक श्री नारायण पटेलको अध्यक्षतामा गफिन्स ईन्टरनेशनल प्रा लि काठमाडौंका संचालक रमेश यादव लगायत सन्चारकर्मिहरुको सहभागितामा सम्पन्न भएको थियो ।