जिराभवानी / सीमानाकाका मदिरा भट्टीले सुरक्षा चुनौती बढाउदै पर्साका ग्रामीण सिमा नाका नजिक नेपाल-भारत सीमा दशगजामा नेपालतर्फ अवैध रूपमा मदिरामा स-साना पसल र होटेल खोलिएका छन् ।
सर्वसाधारणले भारतीय बजारबाट खाने तेल, चिनीलगायत दैनिक उपभोग्य वस्तु ल्याउँदा सीमा नाकामा सुरक्षाकर्मीले निकै केरकार गर्छन् । तर अवैध रूपमा खोलिएका भट्टी नियन्त्रणका लागि भने प्रशासनले कुनै पहल गरेको छैन ।
खुला सीमाका कारण भारतीयहरु मदिरा सेवनका लागि नेपाल आउने गरेका छन् यसले विकृति मात्र होइन एकपछि अर्को अपराधका घटनासमेत बढाएको छ l
दुईदेशीय सुरक्षाका दृष्टिले संवेदनशील दशगजामा रक्सी भट्टी सन्चालन गर्न पाउदैन तर पनि नेपाल प्रहरी र शस्त्र प्रहरीकै मिलोमतो पर्साको भारत बिहार सङ्ग जोडिएका सिमानाकामा प्रस्त मात्रामा रक्सी भट्टीहरु देखिन्छ तर माथिलो निकाय आखामा पटि र कानमा तेल हालेर बसेको एक स्थानीयले गुनासो गरे विगत केही वर्षदेखि सीमावर्ती क्षेत्रमा जथाभावी खोलिएका मदिरा भट्टीहरुका कारण दुवै देशका नागरिक पीडित रहेको जिराभवानी गाउँपालिका १ का एक स्थानीयको भनाइ छ ।
नेपाल र भारत सुरक्षाअधिकारीहरुबीच दशगजाभन्दा कम्तीमा ५ सय मिटरभित्र यस्ता भट्टीहरु सञ्चालन गर्न नदिने सहमति भएको हो । तर,पर्साका भिस्वा तसौता महादेवपट्टी ठोरी लगायतका ठाउँमा सीमा छेउमै वर्षौंदेखि यसरी नै खुलेयाम भट्टीहरु चलिरहेका छन् । मदिरा सेवन गरी हो-हल्ला मात्र होइन हत्या हिंसा, लुटपाटलगायत आपराधिक गतिविधि बढे पनि यस्ता भट्टी बन्द गराउन प्रशासनले कुनै चासो देखाएको छैन ।
बिहार सरकारले मदिरा उत्पादन र बेचबिखनमा रोक लगाएपछि सीमावर्ती क्षेत्रका भारतीय नागरिक मदिरा सेवन गर्न नेपाल आउँछन् । मधेश प्रदेशको सप्तरीदेखि पर्सासम्मको झन्डै ४६२ किलोमिटर सीमावर्ती क्षेत्रमा तिनै भारतीयलाई लक्षित गरी मदिरा भट्टी सञ्चालनमा छन् । सीमामा खटिएका सुरक्षाकर्मी र केही स्थानीयकै मिलोमतोमा फस्टाएको यस्तो भट्टीले बढाएको अराजक गतिविधिको मारमा भने दुवै देशका नागरिक परेका छन।