वीरगञ्ज । शिक्षामा मधेश प्रदेश निकै पछाडि रहेकोले स्थानिय तहबाट शिक्षालाई हटाउनु पर्ने समय आएको नेपाल चिकित्सक संघका मधेश प्रदेश संयोजक डा.निरज कुमार सिंहलले बताउनु भएको छ ।
पब्लिक ब्रोडकाष्टिङग नेटवर्सले आयोजना गरेको रेडियो कार्यक्रम क्वीज आवरका बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक डा.सिंहले शिक्षा ठिक भए स्वास्थ्य आफै ठिक भएर जाने पनि बताउनु भयो ।
मैले बोलेको कुराबाट आज देखि धेरै प्रमुख,उपप्रमुख तथा जनप्रतिनिधिहरु रिसाउने छन’ मेले आठ गरेर भन्दै छु । तर म आउने संत्तीको भबिष्यको बारेमा निकै चिन्तित छु यहि भएर स्थानिय तहबाट शिक्षालाई हटाउन सरकारलार्ई हार्दिक अनुरोध गर्दछु’ वहाले भन्नु भयो ।
हालको एस.ई.ईको नतिजालले वहाँहरु फेल भईसकेकोले कम से कम शिक्षामा वहाँहरु संग कामको अपेक्षा गर्ने अवस्था नरहेको पनि बताउनु भयो । आउने दिनमा दक्ष जनशक्तिका लागि जरा मजबुत भएन भने देशले राम्रो उपलब्धी पाउन नसक्ने पनि वहाले बताउनु भयो ।
कार्यक्रमका अर्का वक्ता नेपाल पत्रकार महासंघका अध्यक्ष अनुप तिवारीले मधेश प्रदेशका बिद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा रेडियो कार्यक्रम क्वीज आवरले निकै मद्धत पुग्ने बताउनुभयो । सहभागी बिजताहरुलाई प्रमाण पत्र तथा पुरस्कार बितरण गर्दै अध्यक्ष तिवारीले अहिले अवस्थामा पनि रेडियो र श्रोताको बिच सुमधुर सम्बन्ध बनाउन भएको कार्यको प्रशंसा पनि गर्नु भयो ।
कार्यक्रममा ब्राईट पब्लिक स्कुलका संचालक मुकेश गुप्ता, संकल्प लोक सेवाका संचालक अशोक साह, ज्याति दैनिकका संचालक कृष्ण कुशवाहा, हिन्दु परिषद नेपालका संगिता गुप्ता, अंजना शर्मालगायतके सहभागीता रहेको थियो ।
कार्यक्रममा बारा तथा पर्साको बिभिन्न बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । पब्लिक ब्रोडकाष्टिङग नेटवर्सका निर्देशक रंजित पंडितको अध्यक्षतामा कार्यक्रम भएको भने कार्यक्रमको सहजकिरण राजेन्द्र सिंह र कन्हैया पटेलले संयुक्तरुपमा गरेका थिए ।