कालिकामाई । मुलुकको प्रचलित ऐन कानुनलाई लगौटी लगाएर निरंकुश शैलीमा गाउँपालिका अध्यक्ष अगाडी बढेपछि कालिकामाई गाउँपालिकामा भाँडभैलो मचेको छ । अध्यक्ष बशिष्ट गुप्ता सो गाउँपालिकाको अध्यक्ष रहेपनि हरेक बिषयमा उनका काका दिनेश कलवारको निर्णय र आदेश चल्ने गरेको छ ।
गाउँपालिकामा समायोजन भई काम गर्दै आएका कर्मचारीहरुको म्याद थप गर्न मेयरको काकाले नदिएपछि त्याहा बिबाद सृजना भएको छ । कर्मचारी बिगत नौ दिनदेखि पालिकाको मुलगेटमा धर्ना दिईरहेका छन् भन्ने त्याहाबाट प्रबाह हुने सेवा ठप्प छ । दिनेश कलवार प्रतिबन्धित लागुऔषध का नामुद तस्कर हुन् ।
उनी पटक पटक मुलुकको न्यायिक निकायबाट सजाय पाईसकेका छन् । पछिलो समयमा उनी अप्रत्यक्ष रुपले गाउँपालिका चलाई रहेका छन् ।
तस्कर नाईकेले गाउँपालिकामा पहिलो सिकार स्वास्थ्यका कर्मचारीलाई बनाएका छन् । शिक्षा र स्वास्थ्य क्षेत्रलाई दुई बर्षमा लथालिंग पारेका काका,भतिजाले पालिकामा बिगत नौ बर्षदेखि कार्यरत कर्मचारीलाई हटाएर आफ्ना आसेपासेलाई नियुक्ति गर्न खोजेपछि बिबाद सृजना भएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार कर्मचारीको सन्दर्भमा कार्य सम्पादन मुल्याङ्कनमा ८०% अंक प्राप्त गर्ने कर्मचारीको म्याद थप गर्ने प्रष्ट निर्देशन स्थानिय सरकारलाई दिएको छ ।यता केन्द्रको तथा स्थानिय सरकारको करार सेवा ऐन बिपरित १० जनालाई बिना सुचना आफै टिप्पणी सदर गरेर काममा खटाएका छन् । तर प्रमुख प्रशसकिय अधिकृतले उनीहरुलाई अहिले सम्म दबाबका बाबजुद पनि तलब खुआएका छैनन् ।
काग्रेस एमाले लगायत मुलुकको मुलधारका राजनितिक दलले कर्मचारीको आन्दोलनमा ऐकेबद्धता समेत जनाई सकेका छन् । पलिकाको सबभन्दा निर्णायक निकाय गाउँसभाका बहुमत सदस्यले पनि कर्मचारीको आन्दोलन स्थलमा पुगेर लिखित,मौखिक र भौतिक रुपमा समर्थन जनाई सकेका छन् । बितेको माघ महिनामा गाउँपालिका अध्यक्षले एउटा गोप्य निर्णय गरेको कुरा बाहिरिएको छ ।
पुरानो कर्मचारीलाई हटाउने र पालिकाको वडा नं. २ मा अध्यक्षका पार्टिबाट वडा अध्यक्षको चुनाव लडेका सहित दश जनालाई प्रकृया पुर्याएर नियुक्ति दिने गोप्य निर्णय सार्बजनिक भएको छ । सो निर्णय सार्बजनिक भए पछि स्थानिय स्तरमा जन आक्रोस बढ्दै गएको छ । सर्ब साधारणले पालिका घेराउ गरी यस्ता गैरकानुनी र भ्रष्ट गतिबिधि रोक्न कस्सिएका छन् ।