वीरगंज । राष्ट्रिय युवा संघ नेपाल पर्साको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ ।
संघका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीको प्रमुख आतिथ्यता तथा संघका जिल्ला संयोजक सुबास साहको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष विशम्भर शर्मा, उपाध्यक्ष मनोज गुप्ता , संघका केन्द्रीय सदस्य युवामा पर्सा इन्चार्ज रबि गुप्ता लगायतको सहभागिता रहेको थियो ।
बैठकले आउँदो असोज १२ गते ८ औं जिल्ला अधिवेशन गर्ने निर्णय तथा ८ औं जिल्ला अधिवेशन गर्नको लागि विभिन्न उपस्थितिहरु गठन गरेको छ / बीरगंजमहानगर सहित १४ वटै पालिका कमिटीका पदाधिकारीलाई प्रतिनिधि राखने निर्णय गरेको छ ।
यो अभियानले संगठनको सुदृढीकरण गर्ने, आम युवाहरूको बिचमा पुग्ने, वैचारिक र राजनीति प्रशिक्षण गर्ने काम उपाध्यक्ष केसीले जानकारी दिनुभयो । सुशासन, समृद्धि र राष्ट्रियताको विषयमा केन्द्रित रहेर अभियान सञ्चालित गर्न बैठकमा केसीले निर्देशन दिनुभयो ।
अभियानका क्रममा नागरिकका जनजीविकाका सवाल पनि उठाइने उहाँले बताउनुभयो । यसै गरी सरकारी कार्यालयलाई प्रविधिमैत्री बनाएर जनतालाई छिटो छरितो सेवा प्रदान गर्न दबाब सिर्जना गरिने कार्यक्रम पनि अभियानमा रहेको छ ।
संघको ८ औं महाधिवेशनबाट पारित नयाँ कार्यदिशा राष्ट्रिय युवा संघ नेपालको मात्र नभएर समग्र युवा आन्दोलनको नयाँ कार्यदिशा दिने उहाँले बताउनुभयो । सो कार्यदिशाले समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्दै समाजवाद निर्माणको आधार तयार गर्ने कार्यभार सम्भाल्ने उहाँले दाबी गर्नुभयो ।
दलाल पुँजी निषेध र राष्ट्रिय पुँजीका निर्माणका काममा आम नेपाली त्यसमा पनि युवा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । हरेक युवा श्रममा जोडिने, आफ्नो कमाइमा बाँच्ने र राज्यलाई राजश्व तिर्ने खालको अनुशासित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राज्य युवालाई दुःख संकटमा साथ दिने अभिभावक हुनु पर्नेमा राज्य देख्दा उद्यमी तर्सने परिस्थिति सिर्जना भएको केसीले बताउनुभयो । ‘राज्य कल्याणकारी, परोपकारी र अभिभावक हुनुपर्छ, उद्यमीले गरेको उत्पादनलाई उचित मूल्यमा राज्यले खरिद गर्नुपर्छ, उद्यमी डुब्दा उचित क्षतिपूर्ति दिनुपर्छ’, उहाँले भन्नुभयो ।
उपभोक्तावादी संस्कृतिले पराश्रित बनाएको बताउँदै केसीले यसलाई बदल्नै पर्ने बताउनुभयो । यसको अन्त्यका लागि लगानी गर्ने, कमाउने र फेरि लगानी गर्ने चक्र चाल्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय युवा संघको अभियानले जनतासँग घनिष्ठ सम्बन्धको विकास गर्ने उहाँले बताउनुभयो । आम युवाको मुद्दा पहिचान गर्ने र समस्या समाधानका उपाय खोज्ने काम यो बिचमा हुने उहाँले जानकारी दिनुभयो । आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो र बहुमत शक्तिको रूपमा स्थापित गर्ने उहाँले दाबी गर्नुभयो ।
बैठकले मूल व्यवस्थापन समिति सुवास शाहको संयोजकत्वमा आयोजक कमिटीका सवै सदस्य र पालिका कमिटीका अध्यक्ष्य / संयोजक सवै सदस्य रहनेछन् ।
त्यस्तै आर्थिक व्यवस्थापन उपसमिति संयोजक सुवास शाह, सहसंयोजक प्रमोद पटेल, प्रतितिनिधी व्यवस्थापन उपसमिति संयोजक दिपेश नेपाल, प्रचार-प्रसार संयोजक दिपेश नेपाल, सहसंयोजक कृष्ण कुशवाह, स्वयंसेवक उपसमिति संयोजक दिपक पटेल, खाद्य व्यवस्थापन उपसमिति संयोजक मोहन वर्नवाल, मञ्च, हल तथा साउण्ड सिस्टम उपसमिति संयोजक मो. दाउद अली, अतिथि सत्कार उपसमिति संयोजक अनु सिलवाल रहनु भएको छ ।
जिल्ला अधिवेशन प्रतिनिधी छनौट संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र, महानगर, नगर/गाउँ पालिका र सवै वडाहरुमा एकैदिन मिति २०८१ साल असोज ५ गते शनिवार प्रतिनिधी छनौट गरी आयोजक कमिटी समक्ष पेश गर्नुपर्ने छ । प्रतिनिधी छनौटको माइन्युटको प्रतिलिपी समेत अनिवार्य पेश गर्नुपर्नेछ। छनौट भई आएका प्रतिनिधीलाई आयोजक कमिटी संयोजकले प्रमाणित गरी प्रतिनिधी कार्ड समेत बनाउनु पर्ने भएकाले ७ गतेभित्र सबै प्रतिनिधीको नामावली कार्यालयमा पेश गर्नुपर्नेछ निर्णय गरिएको छ ।
संघको जिल्ला अधिवेशनका लागि विधान अन्तरगत २०४ जना प्रतिनिधी रहने निर्णय गरिएको छ l