वीरगंज । वीरगन्जमा नेपाल सिएमए संघ पर्साकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ।संघको २१ औँ स्थापना दिवसको अवसरमा मंगलबार आयाेजित रक्तदान कार्यक्रममा ४२ जनाले रगतदान गरेका छन...
वीरगन्ज नारायणी अस्पताल छेउकाे नेपाल मेडिकल एशाेसियसनकाे भवनमा आयाेजित रक्तदान कार्यक्रममा डा. मुक्तिनारायण साह, पत्रकार राकेश शाह ,निसान्त श्रीवासतव,अरपत अन्सारी , जीवन कुमार, लाल बाबू साह, साजिद अन्सारी ,सुरेश ठाकुर,राम कुमार शाह, बिनय कुमार साह लगायत ४२ जनाले रक्त दान गरेका छन। रक्तदान कार्यक्रमकाे उद्घाटन संघका केन्द्रिय अध्यक्ष रामेश्वर प्रसादले पानसमा दिप प्रज्वलन गरेर गरेका थिए ।
संघका जिल्ला अध्यक्ष जितेन्द्र महतोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियोे । सो रक्तदान कार्यक्रममा संघका केन्द्रीय सदस्य रामदयाल महतो, स्वास्थ्य कार्यालय पर्साका प्रमुख मुक्तिनारायण साह, प्रगतीशिल जनस्वास्थ्य महासंघका उपाध्यक्ष सुभाष गुप्ता, राष्ट्रिय प्रगतीशिल जनस्वास्थ्य संगठनका पर्सा जिल्ला अध्यक्ष एवं केन्द्रिय सदस्य शिवहरी तिवारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का,नेपाल रेडक्रस रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरभ राज पान्डे , नेपाल रेडक्रस सोसाइटी रेशमकोठिका युवा सन्योजक अभिलाष कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियोे ।