पर्सा । जसको कोहि हुदैन उसको भगवान स्वरुप जनसमुदाय , समाज हुन्छ। विगत केहि दिन देखि दुईटै हाथमा घाउ जस्ता रोगबाट पिडित पैसाको अभावमा बाहिर उपचार गराउन नसकेर अहिले घरमा नै जिवन मरनको दोधार बनेका छन । यो हो पर्साको धोबिनी गाउँपालिका वडा नं ४ लंगडी का ३० वर्षिय मुखदेव महतो कम्कर रहेका छन।
घाउ बाट पिडित मुखदेवको एउटा हाथको अौलामा घाउ भएको थियो पैसाको अभावमा सानो उपचार गराउदा गराउदै दशौ अंवला मा घाउ समातेर समस्या बनाई दिएको छ। पिडित मुखदेव कम्कर गरिब परिवारका रहेको छ।खेतबारी नरहेको र बस्नको लागी एउटा घर रहेको छ। बस्ने घरको माथि छाना त के घर माथी परालले अोछाएर पलास्टिक माथी बाट छोपिएको छ। घरको अवस्था हेर्ने हो भने घामको दिनमा माथि बाट घाम लागने र बर्षातको दिनमा बर्षाको पानी घरमा खसेर अशिले बस्ने बियोग बनेका छन।
बस्ने घरको त कुरै नगर्नु पिडित मुखलालको त चार जना परिवार रहेको त्यसमा श्रीमति , सानो सानो एउटा छोरी र एउटा छोरा रहेको र श्रीमाती र एक जना छोरी अपांग र बहिरंग रहेकोले घरमा कोहि कमाउन नसकेकोले अहिले खानमा पनी समस्या भएको छ।दुईटै हाथको अौलामा भएको घाउको कारण अहि ठुलो अस्पतालमा उपचार गराउन जानको लागि पैसाको आभावमा उपचारबाट बञ्चित भएका छन् ।
परिवारमा काम गरेर परिवार चलाउँने सदस्यलाईनै यो कुन रोग लागेको थाहा हुन्न नसकेको दुबै अौलाको घाउ दिन प्रतिदिन बढदै गईरहेको छ। सेवा नै धर्म हो ।जसको कोही हुदैन उसको भगवान स्वरुप जनसमुदाय समाज हुन्छ। पिडित मुखदेव महतो कम्करको उपचारमा केहि केहि सहयोग गरि दिएमा यस्को जिन्दगी बचन सकने बिशवास गरिएको छ। पिडित मुखदेव कम्करका परिवार हरुले भने म गरिब छु मेरो हाथमा केहि छैन तपाई हरुको सहयोगले जिन्दगी बचन सक्छ। महतोको साना उमेरका छोरा-छोरी शिक्षाबाट पनि बञ्चित भएका छन् । र एउटा छोरी पनि अपाङ्ग रहेको छन। महतोले समयमा सहयोग प्राप्त नगरे उनले आफ्नो ज्यानसमेत गुमाउँन सक्ने पत्रकार राजन कुमार बानियाले बताए ।
बानियाका अनुसार महतोको उपचारमा अहिले लाखौँ रुपियाँ खर्च लाग्ने भएकोले स्थानीय सङ्घ संस्था र परोपकारी मनका धनि व्यक्तिले सहयोग गर्न आवश्यक रहेको बानियाले जानकारी दिए ।
महतोलाई सहयोग गर्न इच्छुक व्यक्तिले उनको एनआईसी एसिया बैंकको खाता नम्बर E087620389524001 वा QR मा पैसा जम्मा गर्न सक्ने बानियाले बताए । उनले सबैलाई थोरे-बहुत जति भएपनि सहयोग गरिदिन अपिलसमेत गरेका छन् । पीडित मुखदेव महतो कमकर मो.9822294717 हो।