वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय वीरगन्ज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रवार वीरगन्जको घण्टाघरमा नया पुरानो गरि करिब ८ सय ५० थान कपड़ा वितरण गरिएको छ ।
सो अवसरमा प्रमुख अतिथी समाजसेवी अधिवक्ता कुर्मिले मानवको सेवा नै सर्वोत्तम धर्म हो बताउदै मानवताको मर्म अनुरुप सेवा सहयोग गर्न आग्रह गरेका थिए ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षता एवं संस्थाका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रमको अतिथिहरु सल्लाहकार अधिवक्ता पन्नालाल गुप्ता, अधिवक्ता प्रकाश उपाध्याय ,समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत , सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी ,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राजेश मिश्रा ,अभिलाष गुप्ता, नवराज भट्टराई ,जानकी देवि ,शोभा देवी,सन्जय साह,राहुल सिंह राजपुत लगायत को सहभागिता रहेकों सचिव कन्हैया पटेलले बताए ।
सो कार्यक्रममा अध्यक्ष सिंहले मानविय सेवामा कार्यरत बैकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार ,पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गरेका थिए ।