वीरगन्ज । पर्साको बिन्दवासिनी गाँउपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राजु साह र पर्साकै पकाहामैनपुर गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई बुधबार गाँउपालिकाका जनप्रतितनिधी र कर्मचारीहरुले कार्यालयमा स्वागत गरेका छन् ।
बुधबारदेखि कार्यालयमा हाजीर भई कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत राजु साहलाई गाँउपालिका अध्यक्ष प्रमोद तिवारी,उपाध्यक्ष ज्योति चौरसियाका साथै वडाध्यक्ष तथा विभिन्न शाखाका कर्मचारीले टिका र माला लगाएर स्वागत गरेका हुन् ।
त्यस्तै पकाहामैनपुरमा आजदेखि कार्यभार सम्हालेका अधिकृत देवनाथ साहलाई पालिका अध्यक्ष सुरेश मेहता , उपप्रमुख सर्फुन नेशा लगायत वडा अध्यक्षहरुले माला र अविर लगाई स्वागत गरेका छन् ।
विगतको १ महिनादेखि अधिकृत विहिन रहेका पालिकामा आज अधिकृत देवनाथ साह हाजिर भए लगत्तै जनप्रतिनिधि लगायत आम जनसमुदाय खुशी भएका थिए भने पर्साकै जिराभवानी गाउँपालिकाका कार्यभार सम्हालेका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले पर्सा कै नमूना पालिकामा हाजिर हुनुभएका अधिकृत देवनाथ साहलाई सामाजिक सञ्जालमा पोष्ट लेख्दै शुभकामना दिएका हुन् ।
त्यस्तै पर्साको बिन्दबासिनीमा विगत डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका राकेश ओझालाई माला र गम्छा लगाएर विदाईपनि गरिएको थियो ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत राजु साहलााई स्वागत गर्दै गाँउपालिका अध्यक्ष तिवाारीले साहसंग यसअघिपनि बिन्दवासिनी गाँउपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेको अनुभव रहेकाले अबको कार्याकालमा विगतको भन्द्या अझ प्रभावकारी भूमीका निर्वाह गर्ने अपेक्षा लिएको बताए । उनले पालिकाको जनताको हितलाई प्राथमिकतामा राखेर साहले दैनिक प्रशासनीक कार्य सञ्चालन गर्न सुझावपनि दिए ।
स्वागत ग्रहण गर्दै प्रमुख प्रशासकीय अधिकृत साहले गाँउपालिका अध्यक्ष,उपाध्यक्षसहितका जनप्रतिनिधीको मार्ग निर्देशन र सहयोग लिदैं आँफु निष्ठापूर्वक अगाढि बढ्ने बताए । पालिकाको विकासनिर्माण र जनताको हितलाई सर्वोपरी ठानेर विगतमापनि आँफुले काम गरेको स्मरण गराएादै उनले अबको यो कार्यकालमापनि आफनो भूमीका त्यसैअनुरुप हुने बताए ।नियमकानुनले निदृष्ट गरेको परिधिभित्र रहेर काम गर्दा कर्मचारीलाई कहिल्यैपनि समस्या नपर्ने भन्दै उनले जनप्रतिनिधी वा नागरिकलाई दुख दिने नियत आँफुले कहिल्यै नराख्ने बताए ।
त्यसै पर्साको सखुवा प्रसौनी गाउँपालिकामा मंगलबार हाजिर हुनुभएका प्रमुख प्रशासकीय अधिकृत विजय चौरसियालाई पालिका अध्यक्ष जसवन्त यादव लगायतका जनप्रतिनिधि एवं कर्मचारीहरुले फूलमाला लगाई स्वागत गरेका थिए ।
स्वागत गर्दै पालिका अध्यक्ष यादवले ऐन नियम अनुसार कामकाज गरी विकासको काम अघि बढाउन आग्रह गरेका थिए ।