बीरगंज । नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेश तथा फर्मा क्लब बिरगंजको सन्युक्त आयोजनामा वॉल्ड फर्मास्युटिकल डे को अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सो रक्तदान कार्यक्रममा ६ महिला सहित ३७ जना ले रक्तदान गरेका थिए। रक्त दान गर्नेहरु निरज कुमार गिरी , अजय राम जैसवाल , बिनय कुमार , अभिजित कुमार सिंह , सुनिल कुमार यादव , अमित बजाज , दिपेस कुमार यादव , रामकिशोर पटेल , शशिकान्त चौधरी , सुरज साह कानु , निरज कुमार , बिरिजेश कुमार , प्रियान्का झा लगायतकाले आफ्नो अमुल्य रक्त दान गरि मानवता लाई बलियो बनाउनु भएको थियोे ।
कार्यक्रम प्रमुख अतिथि मधेस विश्व विद्यालय का कुलपति डा. दिपक साक्य थिए भने अतिथिमा नेपाल फर्मास्युटिकल एसोसिएसन मधेस प्रदेशका शशीकान्त ठाकुर तथा फर्मा क्लब बिरगंजका निरज कुमार गिरि , वडा अध्यक्ष सुरेश प्रसाद गुप्ता थिए भने नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता को उपस्थिति रहेको थियो।
रक्तसञ्चार केन्द्र वीरगन्जका अमित साह , मनिस कुमार गुप्ता लगाएत एवंम स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए।