वीरगंज । पर्साको बहुदरमाई नगरपालिकाको सर -सामान नगर प्रमुख सिंहासन साह तेलीले आफु लगायत आफना कार्यकर्ताको घरसम्म पुर्याउन लगाएका छन् ।
नगर प्रमुख तेलिले नगरपालिकाको लागि ल्याइएको ऐसी , सोफा सेट , कुर्सी टेबल लगायत अन्य सर समान आफु कार्यालयको लागि बुझी आफना घरमा लागेका छन् । यति मात्र हैनन् उनी आफु संग संगै आफना कार्यकर्ताको समेत घरमा पुर्याउन लगाएको वडा अध्यक्ष सुनिल कुशवाहाले बताएका छन्।
नगर प्रमुख निकट रहेका उनका आसेपासे विपिन यादवले समेत आफ्नो घरमा सोफा सेट लगायतका सामानहरु लागेका छन् । यति मात्र हैन उनी आफु जनप्रतिनिधि जस्तै पालिकाको सरकारी मोटरसाइकल समेत लागेका छन् ।
पालिकाको नाम दर्ता रहेको प्रदेश २-०३-१० प ३८४ नम्बरको सरकारी मोटरसाइकल आफ्नो सम्पति जस्तै छोराछोरीलाई विद्यालय पुर्याउन , ल्याउन लगायत बजारमा किनमेल गर्न पनि प्रयोग गर्दै आएका छन् ।
उनी सरकारी मोटरसाइकल पाए लगत्तै उनी पालिका कर्मचारीलाई समेत थर्काउनबाट पछि हटेका छैनन । यो सब कुरा प्रमुख प्रशासकीय अधिकृत मोहमद शेरे मुस्तुफालाई जानकारी हुन साथ उनले सरसामान बुझाउन आग्रह गर्दा अधिकृत मुस्तुफालाई विभिन्न नेतालाई जोडी बदनाम गराउन लागेको वडा अध्यक्ष कुशवाहाले बताए ।
यति मात्र नभई नगरप्रमुख तेलीले पालिकाको समान बुझाउनु साटा आफु बुझेको समान फिर्ता नगर्ने अडान लिँदै प्रमुख प्रशासकीय अधिकृत फेर्न काठमाण्डौं धाउन थालेका छन् ।
तर २ वर्ष नपुगेको भन्दै प्रमुख प्रशासकीय अधिकृत हटाउन नमिल्ने भएपछि उनी निकट रहेका यादवले आर्थिक खर्च गरी प्रमुख प्रशासकीय अधिकृत मुस्तुफालाई बद्नाम गराउन समाचार पनि लेखाएको उनले बताए ।
यसरी पालिकाको सम्पति पालिकामा बुझाउन भन्दा उनी बुझाउनुको सट्टा नगरसभा रोकी विवाद उत्पन्न गरेका छन् ।