पर्सा । बिभिन्न मागहरु राख्दै असोज १३ बाट जारी रहेको राष्ट्रिय मुक्ति क्रान्तिको अनिश्चितकालिन धर्ना कार्यक्रम आज १२ औं दिनमा स्थगीत भएको छ । संघिया मामिला तथा सामान्य प्रशासन सामान्य प्रसाशन मन्त्री राजकुमार गुप्ताले आज राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका केन्द्रिय सदस्य निजामुदिन सम्मानिलाई जुस खुवाउदै धर्ना स्थगीत गराएका हुन ।
कार्यक्रममा नेता निजामुदिन सम्मानि सहित,मधेश प्रदेशका समाज कल्याण तथा खेलकुद मन्त्री प्रमोद जैसवाल, एमाले नेता शिव पटेल तथा बिभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघिया मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राष्ट्रिय मुक्ति क्रान्तिले उठाएका मुदाहरु एक महिना भित्र पुरा गराउने प्रतिब्द्धता पनि व्यक्त गर्नु भयो । साथै मन्त्री गुप्ताले सेवा केन्द्रको बिषयमा अर्थ मन्त्रालयबाट फाईल आफनो मन्त्रालयमा आएको बताउनु भयो । अब काम अघिबढ्ने वहाँले बताउनु भयो । कार्यक्रलाई सम्बोधन गर्ने क्रममा मन्त्री गुप्ताले दशै सकिए लग्तै पोखरीया अस्पताललाई प्रदेशीक अस्पतालको रुपमा बिस्तार गरिने पनि बताउनु भयो ।
यसै बिच, मन्त्री गुप्ताले पोखरीया अस्पतालको निरिक्षण पनि गर्नु भएको छ । निरिक्षणको क्रममा बिभिन्न कम कमजोरीहरु भेटिएकोले सबै समस्याहरुको प्रतिवेदन बनाएर पेश गर्न अस्पतालका मेसुलाई मन्त्री गुप्ताले निर्देशन पनि दिनु भयो ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालका केन्द्रिय सदस्य निजामुदिन समानीको नेतृत्वमा पार्टीका नेता कार्यकर्ताहरुले पोखरिया अस्पतालमा असोज १३ गतेदेखि अनिश्चितकालीन धर्ना दिदैं आएका थिए ।
प्रदेश सरकारले ५ वर्षअघि नै निर्णय गरि प्रादेशीक अस्पताल घोषणा गरिसकेको पोखरिया अस्पतालमा त्यसअनुसारको भौतिक पूर्वाधार र सेवा उपलब्ध नभएको तथा पोखरियामा भूमीसुधार,मालपोत, नापी लगायतका सरकारी कार्यालयको सेवा विस्तार गर्नुपर्ने मागसहित उनिहरुले धर्ना दिएका थिए । साथै पोखरिया नगरपालिकाको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारी र जनप्रतिनिधीहरुले गरिरहेको अनियमितता रोकिनुपर्ने मागपनि उनिहरुको भनाई थियो ।
धर्नास्थलमा मधेस प्रदेशका मन्त्री वा संघीय सरकारका मन्त्री आँफै आएर आफुहरुको माग सम्बोधनका लागि प्रतिबद्धता नजनाएसम्म आँफुहरुको धर्ना जारी रहनेपनि समानीले शर्त राखेका थिए ।