बीरगंज , २६ असोज। प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएको मा आज पनी निशुल्क भोजन गरीएको छ। नारायणी अस्पतालमा बिरामीहरु , कुरुवाहरु लगायत गरिब , असहायहरुलाई सहज होस भनि हरेक सप्ताहको शनिबार बिहानको खाना खुवाउने गरेको बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले जानकारी दिनुभयो ।
शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सचिव प्रकाश बहितिले बताए ।
सेवा नै धर्म हो , गरिब , दिन दु:खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामीहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामी साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ता ले बताए। यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह गर्दै अरु शाखा खोलेर सेवा गर्ने समेत बताए ।
आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।