वीरगन्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रमेश लेखकले बारम्बार भन्ने गरेका छन् कि भ्रष्टाचार गर्ने , घुष खाने र नियम विपरीत काम गर्ने जो कोही भए पनि छाडिन्न , कारवाही गरिन्छ । यस्तै यस्तै अभिव्यक्ति नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुंवरले पनि बारम्बार मातहतका निकाय प्रमुखहरूलाई दिदै आएको सुनिन्छ । सरूवा भएर कार्यक्षेत्रमा खटिएर जान लागेका कार्यालय प्रमुखहरूलाई पनि उनले निर्देशन दिने क्रममा विभागीय निति , शुन्यसहनशीलता र बिबादरहित ढंगले काम गर्न निर्देशन दिएको देखिन्छ , सुनिन्छ । तर त्यो नीति निर्देशन पालना भएको भने देखिदैन । बरू त्यसको ठिक बिपरित मातहतका प्रहरीले काम गरिरहेको देखिन्छ अनि भेटिन्छ पनि ।
पर्सा जिल्ला ट्राफिक प्रहरी कार्यालय मातहत ट्राफिक प्रहरी अस्थाई पोष्ट बहुआर्वाका ट्राफिक प्रहरी संदेश कुमार यादवको असुली धन्दाले यहाँका यातायात व्यवसायीहरू लगायत सर्वसाधारण आजित भएका छन् । देशकै आर्थिक नगरी वीरगंजबाट जाने आउने सम्पूर्ण सवारी साधनहरुलाई चेकजाँचको नाममा रीकी अवैध आर्थिक लाभ ट्राफिक प्रहरी यादवले लिने गरेका छन् ।
चौकमै चेकजाँचको लागि अस्थाई पोस्ट बनाइएको भए पनि उनी पोस्टमा बस्नुको सट्टा एक किराना पसलमा बस्दै आएका छन् । त्यहीबाट सवारी साधनहरुलाई रोकी विभिन्न बहाना बनाउँदै बढीको चिठ काटिने डरत्रास देखाई चिठको सट्टा कम पैसा किराना पसलमा दिन लगाईलुट तंत्र मच्चाएका छन् ।
उद्योगका लागि जाने कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरी यादवले विभिन्न चेकजाचको बहानामा अवैध रुपले रकम असुली गरिरहेको नाम नखुलाउने शर्तमा एक चालकले बताएका छन् । सवारी व्यवस्थापनका लागि खटिने ट्राफिक प्रहरीले नै अवैध रुपले मालबाहक सवारी साधनहरुवाट रकम असुली गर्दे आएको खुलेको छ ।
मालवाहक सवारीसाधनको ‘भारवहन नियम सम्बन्धी निर्देशिका २०७४’ मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसँग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।ती सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत खटिएका ट्राफिक प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ ।
भारतिय सवारी चालकलाई ट्राफिक प्रहरीले अनावश्यकरूपले रोकेर विभिन्न किसिमको कागज पत्र दिनु भनि आफ्नो सबै कागज पत्र दिएपनि नेपालमा यो हुदैन त्यो हुदैन भनेर ट्राफिक प्रहरी यादवले विभिन्न किसिमको डर धाक देखाई १ हजार देखि २५ सय रुपैया सम्म लिएर छोडने गरेका छन् । प्रत्येक दिन हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त चौकमा सवारी चालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको स्थानियहरु बताएका छन् ।
चेकजाँच गर्नुको सट्टा उनले किराना पसलमा बसी सवारीसाधन रोक्न लगाउँछन् कसैले त्यहाँ नरोकेको खण्डमा भाग्दै गरेको भनी पैसा लिने गरेका छन् । यता चालकहरुले आफूहरु ट्राफिक बिटमा रोक्न भनेर अगाडि बढेको बताउँछन् । प्रहरी बिटमा बस्नुको सट्टा उनी पसलमा बसेकोले हामीहरू नदेखी अगाडि रोकेको खण्डमा पनि जरिवाना गरी अनावश्यक दुःख दिने गरेको चालकहरुले बताएका छन् ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखले नियम विपरीत काम गरेको भेटिएमा कार्यवाही गरिने बताएका छन् ।