पर्साको बहुदरमाई नगरपालिकाको ११ औं नगरसभा बिहीबार सम्पन्न भएको छ । नगरपालिकाको आफनै सभाहलमा ‘बहुदरमाईबासीको रहर,स्वच्छ सुन्दर सुरक्षित समृद्ध नगर’ नारासहित आयोजित नगरसभामा उपमेयर सुष्मा कुशवाहाले चालु आर्थिक वर्र्ष २०८१/०८२ को लागि ४९ करोड ९३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् ।
उक्त बजेटमा संघीय सरकार समानिकरण अनुदानतर्फ १२ करोड २९ लाख,संघीय सरकार सर्शत अनुदानतर्फ १९ करोड २९ लाख ९ हजार,संघीय सरकार विशेष अनुदानतर्फ १ करोड ५० लाख,संघीय राजस्व बाँडफाटतर्फ ९ करोड ७१ लख,प्रदेश सरकार समानिकरण अनुदानतर्फ ८९ लाख ४ लाख,प्रदेश सरकार सर्शत अनुदानतर्फ ९५ लाख ,प्रदेश सरकार विशेष अनुदानतर्फ ३० लाख,प्रदेश सरकार समपुरक अनुदानतर्फ २० लाख,प्रदेश सरकार राजस्व बाँडफाटमा ३० लाख ४० हजार र आन्तरिक स्रोततर्फ ३ करोड ५४ लाख ६० हजार रुपैयाँ रहेको उल्लेख गरिएको छ ।
नगरसभामा सार्वजनिक गरिएको वार्षिक नीति , कार्यक्रम तथा बजेटमा विशेष गरी शिक्षा,स्वास्थ,कृषि, भौतिक पुर्वाधार,पर्यटन प्रबद्र्धन,रोजगारी सृजना लगायतका विषयलाई जोड दिइएको नगरपाालिकाका प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफाले जानकारी दिए ।
मेयर सिंघासन साह तेलीको अध्यक्षतामा भएको नगरसभामा प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तुफाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नगरसभामा नगरपालिकाका ९ वटै वडाका वडाध्यक्ष कार्यपालिका सदस्य लगायतकोपनि सहभागीता थियो ।