तराईमा मनाइने चार दिने महापर्ब छठ पर्व आज देखि धार्मिक विधिपूर्वक सुरु भएको छ।आज पहिलो दिन नहाय-खायसँगै चार दिनसम्म मनाइने आस्थाको महापर्व छठको शुभारम्भ भएको छ ।
प्रकृति, स्वच्छता, स्वास्थ्य र भक्तिको प्रतीक मानिने यस पर्वले हामी सबैलाई समाजमा सद्भाव र एकताको भाव जागृत गराउँछ । धर्म, संस्कृति र परम्परालाई जगेर्ना गर्दै शुद्ध मन र निष्कलङ्क भावना सहित छठको व्रत बसिन्छ। तराईमधेसमा मनाइने चारदिने छठ पर्व आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको हो । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको सम्पुर्ण जिल्ला भरी धुमधामका साथ सुरु भएको हो । चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहायखाए अर्थात् नुहाएर शुद्ध भई चोखो खाना खाने गर्दछन। भने
पर्वको दोस्रो दिन बुधबार खर्ना मनाइनेछ । खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै पूजा गर्नेछन र राति रसियाव रोटी,खिर , रोटी, फलहरु खाने चलन छ । भने षष्ठीका दिन अर्थात बिहीबार साँझ शुद्ध गहुँको पीठोबाट बनाइएका गुलियो ठेकुवा, परुकिया जस्ता पकवान बनाई विभिन्न किसिमका फलफुल स्याउ, मुला, गाजर, ज्यामिरी निम्बु , नरिवल, सुन्तला, केरा, मिठाई माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
विहीबार अस्ताउँदो सूयलाई अर्घ दिईनेछ भने शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व समापन हुनेछ ।