बिरगंज । बिरगंज महानगरपालिका रामगढवा वडा नम्बर २४ स्थित श्री बिरगंज जीतपुर गौशालामा ११८ औं गोपाष्टमी वार्षिकोत्सव एवम् श्री बिरगंज जीतपुर गौशालाको साधारण सभा सम्पन्न भएको छ।
सो कार्यक्रममा नेपाल सरकारका कानुन तथा न्याय मन्त्री माननीय अजय कुमार चौरसिया ज्युको प्रमुख आतिथ्यमा एवम बिरगंज महानगरपालिकाका स्थित भारतीय महावाणिज्यका दुत देवी सहाय मिना ज्युको विशेष गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यकम मा आफनो मन्तवय राखदै मंत्री चौरसियाले गाई हामी सबैको माता हुन। गौ माता को हरेक चीज काम लागने तथा गौ माता को दूध खादा तीक्ष्ण बुद्धि हुने गर्छ। गाईमा भगवान कृष्ण स्वयं बिराजमान रहेका हुदा गाई मातालाई हामी सबै ले सेवा गर्दा पुण्य को भागी बनने बताए।यति वर्ष देखी गौ माता को सेवा गर्दे आएकोमा गौशालाका पदाधिकारिलाई समेत धन्यवाद दिए।
बिरेन्द्र कुमार संघईको अध्यक्षता भएक़ो सो कार्यक्रममा सचिव शिव कुमार गोयल , ससचिव संजय खण्डेलवाल, सकोषाध्यक्ष प्रकाश खण्डेलवाल, प्रथम उपाध्यक्ष बाबुलाल चाचान, उपाध्यक्ष रमेश कुमार अग्रवाल , तृतीय उपाध्यक्ष सुनिल कुमार खेतान, श्री बिरगंज जीतपुर गौशालाको पदाधिकारीहरु एवम् सदस्यहरु, विशिष्ट अतिथीमा पुर्व मेयर बिजय कुमार सरावगी, काङ्ग्रेसका नेता नरेन्द्र शाह,राप्रपाका सान्सद नेतृ बिना जैसवाल, पुर्व मन्त्री ओम प्रकाश शर्मा , सशस्त्रका एस्पी राधेश्याम धिमाल, सेवक संघ पर्सा अध्यक्ष मुर्लिधर रुगटा , वडा अध्यक्ष जय प्रकाश साह ,पुर्व वडा अध्यक्ष रामनगिना प्रसाद साह लागएतकाको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियोे।
सो कार्यक्रममा आय ब्यय कोषाध्यक्ष प्रभु दयाल अग्रवाल प्रस्तुत गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष रमेश कुमार अग्रवालले गरेका थिए।
सो कार्यक्रममा नेपाल सरकारका
कानुन तथा न्याय मन्त्री माननीय अजय कुमार चौरसिया, विशेष अतिथि भारतीय महावाणिज्यका दुत देवी सहाय मिनाल लगायत ले शुभकामना मन्तव्य राख्नु भएको थियो।
भने स्वागत मन्तव्य अध्यक्ष बिरेन्द्र कुमार संघईले गर्नु भएको थियो एवम् वार्षिक प्रतिबेदन महासचिव देवकी नन्दन अग्रवालले प्रस्तुत गरेका थिए।