बिरगंज । बिरगंज वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेज शिक्षण अस्पताल द्वारा आज विश्व मधुमेह दिवसको अवसरमा बृहत खुल्ला रक्तदान कार्यक्रम कलेजको प्रङनमा सम्पन्न भएको थियोे। मधुमेह र कल्याण भन्ने मुल नारा सहित नोभेम्बर १४ विश्व मधुमेह दिवस मनाउने ग़रिंछ।
उक्त अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बिरगंज द्वारा मिति २०८१ साल कार्तिक २० गते देखि ३० गते सम्म दसदिने कार्यक्रमको रुपमा सचेतना स्वरुप विशेष छुटमा उपचार सेवा प्रदान गर्ने जानकारी गराईएको थियो। भने आज मधुमेह रोग संका लागेको बिरामीहरुको लागि निशुल्क (फ्री) चेकअप को ब्यवस्था गरिएको थियो। सो कार्यक्रमका प्रमुख अतिथी नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी आतिथ्यमा सम्पन्न भएको थियो।
नेशनल मेडिकल कलेजका प्रीन्सिपल प्रा. डा. के.एन. सिंह , डा. इसरत जहान, आबिद हुसैन अन्सारी लगाएतकाहरु अतिथिका रुममा उपस्थिति रहेका थीए।उक्त रक्तदान कार्यक्रममा ५ महिला सहित ५७ जना रक्तदाताहरुले रक्तदान गरेका थिए। सो कार्यक्रममा आफ्नो अमुल्य रक्तदान गर्नु हुनेमा डा. संजय साह ,अरसद आलम , जितेश चन्द्र दास , डा. सरोज प्रसाद डिओ, महम्मद जुनैद , प्रदिप कुमार चौधरी , मुकेश कुशवाहा , राम जी प्रसाद कुशवाहा, रबिन्द्र यादव , राजिव कुमार चौधरी , नवल किशोर यादव , डा. गुरु प्रसाद मैनाली ,काजल कुमार गुप्ता , सुधा कुमार , सुरेश साह तेलि , कुशल सुबेदी लागायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।सो रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष गुप्ताको उपस्थिति एवं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका आफ्नै रक्त संचार केन्द्रका प्राबिधिकहरु कृष्ण निराला , बिनेश चौधरी , निरज चौधरी लगायतका सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।