बिरगंज । बि.पि.एस +2 कलेजले कक्षा ११ का विधार्थीहरुको लागी बिरगंजको बाईपास रोड स्थित होटेल भीस्वामा आयोजना गरेको स्वागत तथा मोटिवेशनल तालिम समारोह कार्यक्रम सम्पन्न गरेक छ । सो कार्यक्रमका प्रमुख अतिथी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथीमा उधोग बाणिज्य संघ बिरगंजका अध्यक्ष अनिल अग्रवाल, वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा , हरि राउत लगायतकाहरुको उपस्थिति रहेको थियो।
कॉलेज का संचालक दिपक पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। सो कार्यक्रममा प्रशिक्षक राकेश मिश्रा थिए भने शिक्षक सन्दीप कुशवाहा , अफरोज हवारी , दिपक खत्री , सुभम पाण्डे , विशेष सुवेदी , प्रभात मेहेता , रिना चौधरी लगाएतहरुको एवम् कलेजका शिक्षक शिक्षिका , विद्यार्थी भाई बहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे।
कार्यक्रममा विभिन्न मिडियाका संचारकर्मीहरु , आम नागरिकहरु, बुद्धिजीवीहरु , समाजसेवीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।सो कार्यक्रममा स्वागत मन्तव्य राजेन्द्र चौधरी गरेका थिए।
कार्यक्रम वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्माले बि.पि.एस +2 कलेजले कक्षा ११ का नया विधार्थी भाई बहिनिहरु लाई राम्रोसँग पढेलेखेर ठुलो मान्छे बन्नु पर्छ आजका विधार्थी भाई बहिनिहरु नै पढेलेखेर भोलि देशका कर्णधार बन्ने छन। येसै गरि पर्सा का प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार गलत र नैतिकता हीन काममा मेरो कहिले पनी साथ नरहने प्रष्ट पारेका थिए।उनले थपे एक दिनमा सैंतालीस लाख पचास हजार रूपैया जम्म गरी सऊदीअरबमा मृत्युदंडमा परेका एक व्यक्तिको उद्धार गरी नेपाल मंगाएको उनको भनाइ थियो।