बिरगंज । बिरगंज आदर्शनगर स्थित टिवडेवाल धर्मशालामा जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुत रूपमा शान्ति सुरक्षा अपराध निराकरण सेवा प्रभाव कार्यक्रम सम्पन्न भएको थियो। सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटाेल , सामुदायिक प्रहरी सेवा मिना बजार , सामुदायिक प्रहरी सेवा ग्रीन सिटि आदर्शनगर , सामुदायिक प्रहरी सेवा मुर्ली , सामुदायिक प्रहरी सेवा छपकैया , सामुदायिक प्रहरी सेवा बिर्ता लगायतका अध्यक्षहरु एवम् पदाधिकारीहरुको संयुक्त उपस्थिति रहेको थियो।
सो कार्यक्रममा मुख्य अतिथी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक सुवाश भट्ट थिए भने विशिष्ट अतिथिमा श्री राम हस्पिटल तथा नारायणी हस्पिटलका डा. प्रीती यादव ,वडा अध्यक्ष बैजुलाल स्वर्णकार , जगत प्रसाद साह कानु , जय प्रकाश साह , शिक्षक बृजलाल चौधरी लगायतकाको उपस्थिति रहेको थियो भने बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईं , मानव सेवा आश्रमका देवेश गुप्ता ,
कन्चनजङ्ग स्कुलका डाइरेक्टर माटिन मोक्तान , मुनलाइट स्कुलका संचालक श्याम के.सी., सरोज चौधरी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा जिल्ला प्रशासनका पदाधिकारी ,जिल्ला ट्राफिक कार्यालयका प्रमुख, नागरिक समाजका पधादिकारी, संचारकर्मी लगाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौलागाईंका अनुसार समाज सुधारे भने मात्र हामी सुधरिन्छौ शान्ति सुरक्षा प्रहरीले गरेर मात्र हुदैन जब सम्म स्थानीय तहका वडा अध्यक्षहरु एवम् समाज संग सहकार्य गरेर मिलेर गर्यो भने बल्ल शान्ति सुरक्षा कायम हुन्छ भन्ने धारण व्यक्त गरेका थिए। सो कार्यक्रम सहजीकरण वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंले गर्नु भएको थियो।