बिरगंज । बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंज द्वारा आफ्नो २१ औ बर्ष प्रवेश गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना सम्पन्न गरेको छ। सो रक्तदान कार्यक्रमको प्रमुख अतिथी यस शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेशका प्रमुख सुरेश चन्द्र गुप्ताको आतिथ्य एवम् यस बिरगंज शाखा प्रमुख नितेश कुमार दासको अध्यक्षतामा सम्पन्न भएको थियो भने गुल्शन बर्मा , धिरज साह लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो।आजको रक्तदान कार्यक्रममा २ महिला सहित ५८ जनाहरुले आफ्नो अमुल्य रक्तदान गरेका थिए।
रक्तदान गर्नु हुनेमा निशा कुमारी पटेल , हरिओम ठाकुर , श्री राम पटेल , दिपक मेहता , मनिश श्रीवास्तव , महम्मद चान्द , कन्हैया कुमार साह , साहेब अल्ली धोबी, कृष्ण यादव , अभिषेक चौरसिया , देवेन्द्र प्रसाद यादव , दिपु कुमार पटेल , दिपेश श्रीवास्तव , गोबिन्दा यादव , प्रकाश कुमार लगाएतकाहरुले रक्तदान गरेका थिए।
आजको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे ,मनिष गुप्ता , नितेश यादव,लिलाधर साह लागायतका प्राबिधिकहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।