जोई क्लाइनमन, बीबीसी। पछिल्लो २४ घण्टामा मैले १ सय भन्दा धेरै ह्वाट्सएप मेसेज गरेँ । त्यसमा अधिकांस दैनिकीकै कुराहरु थिए । मैले परिवारसँग योजना बनाएँ, सहकर्मीहरुसँग कामका बारेमा कुराकानी गरेँ। केही साथीहरुलाई समाचार पठाएँ र साथीहरुसँग हँसिमजाक र ख्यालठट्टा पनि गरेँ ।
ह्वाट्सएपमा हुने सामान्य कुराकानीहरु पनि इनक्रिप्टेड हुन्छन् । त्यसका लागि ह्वाट्सएपका शक्तिशाली कम्प्युटर सर्भर हुन्छन्, जो विश्वका विभिन्न डाटा सेन्टरहरुमा राखिएका छन् ।
सबैभन्दा पहिले त ह्वाट्सएपलाई आफ्नो मूल कम्पनी मेटाको साथ छ, जोसँग फेसबुक तथा इन्स्टाग्रामको पनि स्वामित्व रहेको छ ।
ह्वाट्सएपको आम्दानीको माध्यम के हो ?
हामीजस्ता मानिसहरुको ह्वाट्सएप अकाउन्ट यसकारण निशुल्क छ किनकि ह्वाट्सएपले त्यस्ता कर्पोरेट ग्राहकबाट आम्दानी गर्दछ जो हामीजस्ता प्रयोगकर्तासँग सम्पर्क गर्न चाहन्छन् ।
गतवर्षदेखि कम्पनीहरुले ह्वाट्सएमा निशुल्क रुपमा च्यानल बनाउन पाएका छन् । साथै उनीहरुले आफुलाई सब्सक्राइब गर्ने सबै प्रयोगकर्तालाई मेसेज पनि पठाउन सक्दछन् ।
तर ती कम्पनीहरुले हामीज्स्ता आम प्रयोगकर्तासँग कुरा गर्नका लागि ह्वाट्सएपलाई शुल्क तिर्नु पर्दछ ।
विश्वका विभिन्न ठाउँमा त बसको टिकट पनि ह्वाट्सएपको माध्यमबाट अनलाइन बुक गर्न तथा सिटको छनोट गर्न पनि सकिने सुविधा छ ।
मेटाका एक अधिकारी भन्छन्, ‘हाम्रो उद्धेश्य यो हो कि यहाँ कम्पनीहरु र ग्राहकहरु दुबैले आफ्नो काम च्याट थ्रेडमा सजिलैसँग गर्न सकुन् । यसको अर्थ यदि तपाइँ एउटा टिकटक बुक गर्न चाहनुहुन्छ, केही फिर्ता गर्न चाहनुहुन्छ वा कुनै भुक्तानी गर्न चाहनुहुन्छ भने ती सबै काम च्याट थ्रेडभन्दा बाहिर नगईकन गर्न सकियोस् । अनि त्यहाँबाट सिधै च्याटमा आफ्ना परिवार तथा साथीसँगीसँग कुराकानी गर्न पनि पाइयोस् ।’
तपाई आफ्नो फेसबुक तथा इन्स्टाग्राम अकाउन्टमा रहेको अनलाइन विज्ञापनको लिंकमा क्लिक गरेर सिधै ह्वाट्सएप च्याटसँग जोडिन सक्नुहुन्छ र यसबाट भुक्तानी पनि गर्न सकिने सुविधा ह्वाट्सएपले सुरुवात गरेको छ । मेटाका अनुसार यो सेवा मेटाका लागि धेरै अर्ब डलर मूल्यको रहेको छ ।
अन्य मेसेजिङ्ग एपको आम्दानीको प्रारुप
अरु मेसेजिंग एपहरुले पनि विभिन्न खालका आम्दानीका मोडेलहरु अबलम्बन गरेका छन् । जस्तो कि सिग्नल, जुन एउटा यतो मेसेजिंग प्लाटफर्म हो जो आफ्नो सेक्योरिटी प्रोटोकलका लागि प्रसिद्ध छ र गैर लाभकारी संगठन पनि हो । आफुले कहिल्यैपनि लगानीकर्ताबाट पैसा नलिएको उसको भनाइ छ । जबकि टेलिग्राम जस्ता एपहरुले यसो गर्दछन् ।
सिग्नल एप दान तथा चन्दाको भरमा चल्दछ, जसमा ब्रायन एक्टोनले दिएको ५ करोड डलरको दान पनि समावेश छ । उनी सन् २०१८ मा ह्वाट्सएपका सह संस्थापक मध्ये एक थिए ।
सिग्नलका अध्यक्ष मेरेडिथ व्हिटेकरले गतवर्ष एक ब्लग पोस्टमा भेनका थिए ः हाम्रो लक्ष्य जहासम्म सम्भव हुन्छ त्यहाँसम्म स सानो आर्थिक सहयोग गर्नेहरुको सहयोगमा चल्नुहो । सिग्नलको बारेमा सोँच्ने मानिसहरुमा निर्भर रहनु हो ।
उता युवा गेमर्सबीच लोकप्रिय मेसेजिंग एप डिस्कोर्ड भने प्रिमियम मोडेलमा छ । यसमा निशुल्क रुपमा खाता खोल्न त सकिन्छ, तर अतिरिक्त फिचर्स प्रयोग गर्नका लागि शुल्क तिर्नुपर्छ ।
त्यस्तै स्नापच्याटको मातृ कम्पनी स्नाप विभिन्न मोडेलमा आधारित छ । त्यहाँ विज्ञापन हुन्छन् र १ करोड १० लाख त सशुल्क सब्सक्राइबर छन् । साथै यो कम्पनीले स्नापच्याट स्पेक्टेकल्स नामक अगमेन्टेड रियालिटी चस्मा पनि बिक्री गर्दछ ।
स्नापको आम्दानीको मुख्य श्रोत चाहीँ विज्ञापन हो, जसबाट उसले वर्षेनी ४ अर्ब डलर भन्दा धेरै कमाउँछ ।
सबैभन्दा लोकप्रिय बिजनेस मोडेल
उता बेलायतको कम्पनी एलिमेन्टले चाहिँ सरकार तथा अन्य ठूला संस्थाहरुलाई आफ्नो सुरक्षित मेसेजिंग सिस्टम प्रयोग गर्न दिएबापत शुल्क लिन्छ । यसका प्रयोगकर्ताहरुले यसको प्रविधिको प्रयोग त गर्दछन् तर आफ्नै निजी सर्भरबाट चलाउँछन् ।
१० वर्ष पूरानो यो कम्पनीको आम्दानी १ करोड डलर भन्दा धेरै पुगिसकेको छ र मुनाफा कमाउने चरणमा रहेको यसका सहसस्थापक म्याथ्यू होजसन बताउँछन् । उनका अनुसार मेसेजिंग एपको सबैभन्दा लोकप्रिय बिजनेस मोडेल चाहीँ त्यहीँ पूरानो विज्ञापन मोडेल नै हो ।
उनी भन्छन्, ‘वास्तवमा विभिन्न मेसेजिंग एपहरुले मानिसहरुले के गर्दछन्, कोसँग कुराकानी गर्दछन् ? भन्ने लगायतका आधारमा विज्ञापन देखाउँछन् । ती एपलाई त्यस्ता जानकारी जुटाउनका लागि प्रयोगकर्ताका मेसेज पढ्न आवश्यक हुँदैन । यसको अर्थ चाहे मेसेजहरु इनक्रिप्टेड होउन् वा गोपनियताको ख्याल गरिएको किन नहोस् तर प्रयोगकर्तालाई डाटालाई विज्ञापन बेच्नका लागि प्रयोग गरिएको हुन्छ ।
एउटा भनाई नै छ : यदि तपाई प्रयोगकर्ता हुनुहुन्छ र पैसा तिर्नु परेको छैन भने यो सम्भावना छ कि तपाई नै वास्तवमा प्रडक्ट वा उत्पादन हो ।