बिरगंज । बिरगंज नारायणी अस्पतालको प्रङनमा बिरगंज समाज सेवा द्वारा ५५० जना बिरामी तथा असहायहरु लाई २९ औं सप्ताहको निशुल्क भोजन शिविर सम्पन्न भएको छ।अस्पतालका बिरामी एवं कुरुवाहरु , रिक्सा ,ठेला , इरिक्सा चालक, गरिब असहाय दलित निमुखाहरुको लागि निशुल्क भोजन गराएको थियो।
आजको निशुल्क भोजन शिविर बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको थियो सो निशुल्क भोजन कार्यक्रम प्रत्येक सप्ताहमा १ पटक शनिबारको दिन आयोजना गरिने बिरगंज समाज सेवाका
सचिव प्रकाश बाहेतीले जानकारीगराएका थिए।
आजको निशुल्क भोजन शिविर सेवामा २ बोरा चामलको भात ,दाल ,आलु परवलको तरकारी र भुटेको हरियो खुर्सानी खुवाइएको थियोे । यहाँ पकाईएको खाना घरमा पकाईएको जस्तै स्वादिलो एवम् पोसिलो हुने गरेको निशुल्क भोजन शिविर बिरगंज समाज सेवाका अध्यक्ष अशोक कुमार गुप्ताले बताएका थिए। आजको कार्यक्रममा बिरामी एवं उनका कुरुवाहरु , गरिब तथा असहायहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बाहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो सेवा नै धर्म हो , गरिब , दिन दु:खि , असहायहरुलाई भोजन गराउनु जस्तो अरु धर्म केहि पनि होईन , हामीहरु आफ्नो लागि मात्र बाचिरहेका छौ , अरुको लागि पनि केहि गरौ भन्ने सोचका साथ हामी साथी भाईहरु मिलि आफ्नो निजि खर्चबाट संचालन गरेको अध्यक्ष अशोक गुप्ताले जानकारी गराएका थिए।