वीरगन्ज । पर्साको बिरगंजस्थित नारायणी अस्पताल वीरगन्जको स्टाफ नर्स नियुक्तिमा अस्पतालमा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुलाई मात्र पास गरिएपछि परीक्षामा अनियमिता भएको आरोप लागेको छ ।
नारायणी अस्पताल वीरगन्जका प्रमुख मेडिकल सुप्रिन्डेन्टेन चुमन लाल दास र अस्पताल नर्सिंग प्रमुख श्रुति साहले अस्पतालमा कार्यरत रहेका स्टाफ नर्सहरुसंग आर्थिक चलखेल गरी अस्पतालमा कार्यरत रहेका मात्र स्वस्थकर्मीलाई परीक्षामा उत्तीर्ण गराएको आरोप लागेको छ ।
मेडिकल सुपरटेन्डेन्ट दस र नर्सिङ प्रमुख साहले आपसी मिलोमत गरी परीक्षामा सहभागी अस्पतालमै कार्यरत रहेका स्टाफ नर्स संग एक देखि दुई लाखसम्मको दररेट तोकी पैसा उठाई उनीहरूलाई मै मात्र उत्तीर्ण गराएकोमा अस्पताल विकास समितिका सदस्यहरुको नै आपति रहेको नाम नखुलाउने शर्तमा एक सदस्यले बताए ।
स्वास्थ्य संस्थामा रिक्त रहेका पदमा चिकित्सक वा स्वास्थ्यकर्मि करार सेवामा व्यवस्थापन गर्ने सम्वन्धी कार्यविधी, २०७६ को दफा ५ को उपदफा ३ अनुसार गठित छनौट समितीको मिति २०८१/ ०८/ ०७ गतेको सिफारिसको अधारमा तपशिल अनुसारको पदको करार सेवामा पदपूर्ती गर्नका लागी भएको लिखित परिक्षामा अनियमिता गरेर मेसु दास र नर्सिङ प्रमुख साहले आर्थिक चलखेल गरी पास गराएको आरोप छ ।
हिजो शुक्रबार भएको परीक्षामा ५९ जना सहभागी भएकोमा परीक्षामा अनियमितता गरी आर्थिक दररेट बुझएकाहरुको मात्रै नाम प्रकाशित गरिएको परीक्षामा सहभागी एक स्टाफ नर्सले बताएका छिन् । उनका अनुसार यसअघि पनि परीक्षामा अनियमितता गरी गर्न लागिएकोमा विरोध हुँदा स्थगित गरिएको थियो ।
मेसु दास र नर्सिङ प्रमुख साह लगायत पदपूर्ति समितिमा संयोजक डा.शैलेश ठाकुर , सदस्य श्रूती साह र सुसिल प्रसाद यादवको पनि मिलोमतो रहेको छ ।
स्वास्थ्यकर्मीको पदपूर्ति खाली रहेको देखाउँदै मेसु दासले स्वास्थ्यकर्मी माग गरि खुलाइएको विज्ञापनमा लिखत परिक्षामा मेसु दासले आफ्ना निकट र आर्थिक बुझाएकाहरुलाई मात्रै उतिर्ण गराए पछि सो परीक्षाको स्थगित गरी निष्पक्ष रुपमा परीक्षा लिन अस्पातल विकास समितिका सदस्यहरूले सुझाव सहित आक्रोप पोखेका छन् ।
परीक्षामा सम्पन्न भए लगत्तै राति १० बजेसम्म ढोका बन्द गरी मिलोमतोमा प्रश्न उत्तर चेक गरी अस्पतालमा कार्यरत रहेकाहरुको नाम उत्तीर्ण गराइएको छ । यहाँसम्म परीक्षामा सहभागीहरुको लागि पनि दुई किसिमले परीक्षा लिएको छ । अस्पताल कार्यरत रहेका डाक्टरहरुको लागि मात्र अन्तरवार्ता तथा बाहिर बाट आएकाहरुको लागि लिखित र मौखित दुइटै राखिएकोले नै शंका को विषय बनेको छ ।
परीक्षामा भएको अनियमिता बारे बुझ्न मेसु दाससंग सम्पर्क गर्दा उहाँको मोबाइल स्विच अफ रहेको छ ।